आार्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बराल
समय:2021-09-12 04:37

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताएका छन् । 

योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उनले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता औंल्याए । “अबका युवा सामूहिक उद्योग तथा व्यवसायसँगै उत्पादनमा जोडिनुपर्छ, मुलुक उत्पादनमा आत्मनिर्भर नभइ आर्थिक विकास सम्भव हुँदैन”, उनले भने, “युवाले व्यक्तिगत नभइ समाज र राष्ट्रको हितमा काम गर्नुपर्दछ ।” 

वाइसिएलका केन्द्रिय सचिव विनय थापाले यही भदौ १२ र १३ गते काठमाडौँमा भर्चुअल माध्यमबाट वाइसिएलको भेला हुन गहिरहेको जानकारी दिँदै कोभिड– १९ का कारण धेरै भिडभाड र जम्काभेट गर्न नसकिएको बताए । 

पोखरा–२२ वाइसिएलका अध्यक्ष हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माआवादी केन्द्र पोखरा–२२ का इन्चार्ज त्रिभुवन पौडेल, पार्टी अध्यक्ष चण्डीकाप्रसाद बराललगायतले मुलुकको निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर