नेभिगेसन मेनु

रूस-युक्रेन आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-06-13 12:33

 

 war

काठमाडौँ, जेठ ३० गते । रूसी र युक्रेनी सीमा क्षेत्रमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राममार्फत जनाइएको छ ।

युक्रेनको सीमा वर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणकोमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत एक जना महिलाको मृत्यु भएको युक्रेनी रेलवेका प्रमुख ओलेक्सान्डर पेर्टसोव्स्कीले बताउनु भएको छ । उहाँले अर्को एक जना स्टेशन परिचारिका, आक्रमणमा घाइते भएको बताउनुु भएको छ । युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रमा भएको छुट्टै आक्रमणमा तीन जना घाइते भएको जनाइएको छ । रासस/एएफपी 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर