एस् ए टी भी ४ श्रावण २०८२, रौतहट: रौतहटको पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन्। स्थानीय कटहरिया नगरपालिका ५ निवासी २८ वर्षीय प्रजापतिले शनिबार राति आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका हुन्।
कटहरिया बजारमा संचालित म्युजिकल एफएमका समाचार वाचक रहेका प्रजापति घरायसी विवादका कारण आफ्नै सुत्ने कोठाको झ्यालको रडमा पासो लगाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए।
घरका सदस्यहरूले कोठाको ढोका फुटाएर पासोको डोरी काटेर उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पतालमा पुर्याएका थिए। ग्रान्डी अस्पतालका चिकित्सकले मृत घोषणा गरेको कार्कीले बताए।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम गौरस्थित सरकारी अस्पतालमा राखिएको इप्रका गरुडाका डिएसपी कार्कीले बताए।