नेभिगेसन मेनु

अहमदावाद जहाज दुर्घटनापछि मोदीले भने- यो अत्यन्तै हृदयविदारक घटना हो, शब्दमा व्यक्त गर्न सकिँदैन
सम्पादक:南亚网络电视
समय:2025-06-12 18:52


modi

एस् ए टी भी २९ जेठ, काठमाडौंः भारतको अहमवादमा भएको जहाज दुर्घटनाका प्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

बिहीबार (आज) लन्डनका लागि उडेको एयर इन्डियाको जहाज दुर्घटना भएपछि प्रधानमन्त्री मोदीले यसलाई हृदयविदारक भनेका छन्।

'अहमदावादमा भएको त्रासदीले हामी सबैलाई स्तब्ध र दुःखी बनाएको छ। यो अत्यन्तै हृदयविदारक घटना हो, जसलाई शब्दमा व्यक्त गर्न सकिँदैन,' उनले फेसबूकमा लेखेका छन्, 'यस दुखद् घडीमा मेरो समवेदना छ।'

उनले आफू मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर