एस् ए टी भी २९ जेठ, काठमाडौंः अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे थियो ।
विमान उडेको केही समयपछि दिउँसो १:३८ बजे घटना भएको थियो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको बताइएको छ । जसका कारण विमान एक दिशाबाट नजिकैको विमानस्थलको संरचनामा ठोक्किएको थियो ।
नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए।
यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए ।
विमानमा सवार यात्रुहरुकाे सूची