नेभिगेसन मेनु

गुजरात जहाज दुर्घटनाः अहिलेसम्म के–के थाहा छ?
सम्पादक:南亚网络电视
समय:2025-06-12 18:34


crash

एस् ए टी भी २९ जेठ, काठमाडौंः बिहीबार भारतको गुजरातमा भयानक हवाईजहाज दुर्घटना भएको छ। बेलायतको राजधानी लन्डनका लागि गुजरातस्थित अहमदावाद विमानस्थलबाट उडान भरेको एयर इन्डियाको एआई–१७१ उडान नम्बरको जहाज उडेको दुई मिनेटमै दुर्घटनामा परेको हो।  

जहाज भारतीय समयअनुसार विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको र त्यसको दुई मिनेटमै दुर्घटनाग्रस्त भएको भनिएको छ।  

सार्वजनिक तस्बिर र भिडिओअनुसार जहाजले विमानस्थलबाट टेक–अफ लिएपछि जति उचाई लिनुपर्ने हो, त्यति लिन नसकेको देखिएको छ। त्यसपछि बिस्तारै तलतल हुँदै छेकिएको र एकाएक कालो धुँवाको मुस्लो निस्किएको दृश्यमा देखिन्छ। जहाज सहरी क्षेत्रमै खसेकाले ठुलो क्षतिको अनुमान गरिएको छ। यद्यपि हालसम्म पूर्ण विवरण भने आइसकेको छैन।  

हालसम्म सार्वजनिक विवरणअनुसार जहाजमा २४२ जना सवार थिए। जसमा २३० जना वयस्क यात्रु, दुई नवजात शिशु र १० जना उडान दलका सदस्य थिए। विमानको मुख्य पाइलट सुमित सभरवाल र को–पाइलट क्याइब कुन्दर रहेको बिबिसी हिन्दीले लेखेका छ।  

जहाजमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ क्यानडेली र ७ पोर्चुगिज नागरिक सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

१०० शव निकालिए  

दैनिक भाष्करले हालसम्म १०० जनाको शव निकालिएको अपुष्ट खबर प्रकाशन गरेको छ। निकालिएका शवहरू पूर्ण रूपमा जलेको तस्बिरमा देख्न सकिन्छ।  

अहिले उक्त क्षेत्रमा हज्जारौँ उद्धारकर्मी, सयौँ दमकल र एम्बुलेन्स पनि परिचालन गरिएको भनिएको छ।  

विमानस्थल बन्द  

जहाज दुर्घटनापछि अहमदावादको विमानस्थलमा सबै उडान तथा अवतरण रोकिएका समाचार छन्। सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल हवाई अड्डाका प्रवक्ताले अस्थायी रुपमा विमानस्थल बन्द गरिएको जानकारी दिएको  सञ्चारमाध्यमले लेखेका छन्।  

८ हजार घण्टा उडाएका पाइलट  

दुर्घटनाग्रस्त जहाजका क्याप्टेन सुमित साभरवाल थिए। उनले नै जहाज चलाइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। उनीसँग ८ हजार २०० घण्टा जहाज उडाएको अनुभव रहेको बताइएको छ। उनीसँग रहेका को–पाइलन क्लाइब कुन्दरसँग पनि ११ सय घण्टा उडाएको अनुभव थियो।  

साढे ११ वर्ष पुरानो जहाज

दुर्घटनाग्रस्त जहाज बोइङ ७८७ ड्रिमलाइनर मोडलको जहाज हो।  यसको उडान अवधि ४४ हजार उडान चक्र रहेको बताइएको । यो भनेको ३०देखि ५० वर्षसम्म चल्नसक्ने भनिएको छ।  

दुर्घटनामा परेको जहाज साढे ११ वर्ष पुरानो रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर