नेभिगेसन मेनु

नयाँ भवनबाट सेवा दिँदै कालीकोट अस्पताल
सम्पादक:南亚网络电视
समय:2024-11-20 11:59

kalikot hospital new bhawan

एस् ए टी भी मङ्सिर ५, काठमाण्डौँः जिल्ला अस्पताल कालीकोटको नवनिर्मित भवन सोमबार उद्घाटन गरिएको छ। कात्तिकमै नयाँ भवनमा सरेको अस्पतालले सोमबार नयाँ भवनको औपचारिक उद्घाटन गरेर सेवा सुरुवात गरेको हो। स्वास्थ्य सेवाको गुणस्तर बढाउन  र क्षमता विकास गरी गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पतालले आफ्नो भूमिका खेलेको हो। लामो समयदेखि ससाना टिनका टहराबाट सेवा प्रदान गर्दै आइ रहेको जिल्ला अस्पताल कालीकोट सुविधासम्पन्न भवन बनेपछि टहरामुक्त बनेको छ।

साँघुरा टहरामा विनाउपकरण  र चिकित्सक अभावकै बीचमा सेवा दिँदै आइ रहेको अस्पतालले सुविधासम्पन्न भवनबाटै सेवा दिने भएपछि जिल्लावासी खुसी भएका छन्। जिल्ला अस्पताल भए पनि अति आवश्यक सेवाबाहेक अन्य जटिल केश कहिले जुम्ला त कहिले प्रदेश अस्पताल सुर्खेत  रेफर गर्नु पर्थ्यो। अहिले भवनसँगै आवश्यक दरबन्दी अनुसारको चिकित्सक पाएपछि पछिल्लो समय अस्पताल सुधारिँदै गइरहेको छ।

भवन अभावमा अस्पतालले बिरामीलाई दिनुपर्ने जति गुणस्तरीय सेवा दिन सकेको थिएन। नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकहरूलाई पनि सहज भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा.भीष्म पोख्ररेलले बताए। ‘टिनको टहरामुक्त त बन्यो यो खुसीको कुरा हो’, पोख्रेलले भने।

उनले अझै दक्ष जनशक्ति  र उपकरणको आवश्यकता  रहेको बताए। ‘टिनको टहराबाट सेवा दिँदा बिरामी  र चिकित्सकलाई समस्या भएको थियो।’ करिब २६ करोडको लागतमा ५० शैयाको सुविधासम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको छ।’  

कार्यक्रममा सहभागी प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले औषधी, उपकरण  र दक्ष चिकित्सक अभाव झेलि रहेको कालीकोट जिल्ला अस्पतालमा आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाए। सरकार आर्थिक रूपमा टाट पल्टेको हुनाले करार जनशक्ति हैन, अब आफैं उत्पादनमा जोडिनुपर्ने बताए। ‘प्रायः धे रै ठाउँका जिल्ला अस्पताल  रेफर सेन्टर मात्र बनेका छन्’, उनले भने।

यस समस्याको पहिचान गरेर समस्याको सावधान गर्न तर्फ मन्त्रालय लाग्ने बताउदै नयाँ सुविधा सम्पन्न भवन बनेको छ अव सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘जनसंख्या, भूगोल  र क्षेत्रका आधारमा नभए सार्वजनिक सेवा प्रवाहलाई छिटो, गुणस्तरीय  र फरक ढंगले स्वास्थ्य क्षेत्र अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘साधन स्रोतको अभावले धेरै समस्या देखियो। सेवाग्रहीलाई आकर्षक बनाउने गरी सेवा दिन अनुरोध छ। डोजर चालकलाई इन्जिनियर बनाउनुपर्ने अवस्था छ। सडक दुर्घटना पनि धेरै हुन्छ। यही पेरिफेरीमा  रहेको जिल्ला अस्पताललाई मजबुत बनाउन प्रदेश सरकार लागिपरेको छ।’

उनका अनुसार कालीकोट जिल्ला हिजोका दिनभन्दा आज धेरै परिर्वतन भएको बताए। उनले भने, ‘धेरै कुरा गनुपर्ने होला तर कर्णालीका नागरिकले आशा गरि रहेको कर्णाली  राजमार्गलाई दुई लेन बनाउन सुर्खेतदेखि हुम्लासम्मको कर्णाली  राजमार्ग  र कालीकोटदेखि नाक्चालाग्नासम्मको कर्णाली करिडोरको स्तर वृद्धि गर्न सके मात्र कर्णालीका नागरिकको अपक्षा पूरा हुने बताए। उनले भने, ‘सडक सुधा र नहुञ्जेल हवाई सेवा सुरुवात गनुपर्ने हुन्छ। उनले कर्णालीका सडक भरपर्दो  र सुढृत बन्दैन तबसम्म विकल्पका रूपमा हवाई सेवा सञ्चालन गर्न प्रदेश सरकारमा छलफल भइरहेको बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर