नेभिगेसन मेनु

ओखलढुङ्गामा २२ जना डेंगु सङ्क्रमित
सम्पादक:南亚网络电视
समय:2024-07-16 14:59

dengue2019-09-08-07-15-07

ओखलढुङ्गा, साउन १ गते । ओखलढुङ्गामा डेंगु सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाको तथ्याङ्क अनुसार पछिल्लो दुई महिनाको अवधिमा २२ जनामा डेंगु सङ्क्रमण देखिएको हो।

गत जेठ महिनामा जिल्लाका विभिन्न स्थानका सात जनालाई डेंगु सङ्क्रमण पुष्टि भएकोमा असार महिनामा दोब्बरले बढेर १५ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी विवेक पोखरेलले बताउनुभयो । 

सङ्क्रमित सबै जनाले घरमै रहेर उपचार गराइरहेको सूचना अधिकारी पोखरेलको भनाइ छ । हाल ओखलढुङ्गा सामुदायिक अस्पतालबाट किटमार्फत डेंगु परिक्षण हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख कर्मचन्द्र राजवंशीले बताउनुभयो । 

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अङ्गबाट रगत बग्ने भएमा डेंगु भएको हुनसक्ने भएकाले बेलैमा परिक्षण गराउन स्वास्थ्य कार्यालयले जिल्लाका नागरिकमा आग्रह गरेको छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र वातावारण स्वच्छ सफा राख्न जिल्ला स्वास्थ्य कार्यालय प्रमुख राजवंशीको सुझाव छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर