नेभिगेसन मेनु

सप्तकोसी नदीको ४६ वटा ढोका खोलिए
सम्पादक:南亚网络电视
समय:2024-07-07 11:58

sdfgjhnd

असार २३ गते । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोसी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको छ । आज आइतबार बिहान ६ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ । 

हिजो शनिवार राति नौ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख १२ हजार ८३० क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताउनु भयो । यादवका अनुसार कोसीमा बाढी आउँदा नदीमा पानीको बहाव उच्च मापन गरिएको हो । अहिले ब्यारेजको ४६ वटा ढोका खोलिएको छ । 

सप्तकोसी चतरा जल मापन केन्द्रले शनिवार १० बजे राति ६ मिटर जल सतह पार गरेको जनाएको छ । जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी  सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ । 

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुदै गएको हो । कोसीमा पानीको जल सतह उच्च भए पनि कोसीले पूर्वी स्परहरुमा कुनै क्षति पुर्याएको छैन । राजावास, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ । कोशी नदीका भेल भने तटबन्धको नजिक आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर