नेभिगेसन मेनु

निर्माणाधीन पुलको पिलर भत्काउनु पर्ने
सम्पादक:南亚网络电视
समय:2024-06-24 13:25

dfgjkdfghkj

असार १० गते । सुनकोसी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिलर भत्काउनु पर्ने भएको छ । निर्माणाधीन पुलको खोटाङपट्टिको पिलर बाङ्गिएपछि स्थलगत अध्ययन अवलोकन गर्न खोटाङबाट निर्वाचित जनप्रतिनिधिसहित आइतबार धाप्लाङ पुगेको पुल सेक्टर कार्यालय धरानका इन्जिनियर सहितको टोलीले उक्त पिलर भत्काउनु पर्ने ठहर गरेको हो । 

गत हप्ताको बाढीले खोटाङको वराह पोखरी गाउँपालिका वडा नं २, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४, साउने जोड्ने धाप्लाङस्थित पुलको पिलर नदीतर्फ ढल्किएको थियो । 

पुलको पिलर ढल्किएको भन्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि पुल सेक्टर कार्यालय धरानको इन्जिनियरको टोली स्थलगत अध्ययनमा पुगेको हो । 

खोटाङ जिल्लाका प्रदेश सांसद भूपेन्द्र राई सहित पुल निर्माण स्थल पुगेको टोलीले पुलको पिलर स्पष्ट रुपमा नदि तर्फ ढल्केकाले अव यसलाई भत्काएर अर्को बनाउनुको कुनै विकल्प नरहेको जनाएको छ । अहिलेको संरचनाले काम नगर्ने र भत्काएर नयाँ बनाउने विकल्प नरहेको पुल सेक्टर धरानका इन्जिनियर आविष्कार तिम्सिनाले बताउनुभयो । 

सो अवसरमा इन्जिनियर तिम्सिनाले पुरानो डिजाइनमा भएको सानो त्रुटिको कारण ठुलो खर्चमा तयार भएको पुलको पिलर ढल्केको जानकारी दिनुभयो । माटो परीक्षण गर्दाको त्रुटिको कारण पिलरकाे बेसमा ढुङ्गा नभएको हुँदा पिलर बाङ्गिएको हुनसक्ने इन्जिनियर तिम्सिनाको भनाई छ । 

निर्माण कम्पनी रसुवा स्वच्छन्द पम्पु जेभी काठमाडौँका ठेकेदारको गैर जिम्मेवारीका कारण पाँच वर्ष पहिले नै अर्थात् २०७६ साल असार मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने सो पुल हालसम्म पनि बन्न सकेको छैन । सो निर्माण कम्पनीले २२ करोड २५ लाख रुपियाँमा सम्झौता भएको मितिदेखि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी पुल योजना पूर्वी क्षेत्र सेक्टर नं. १ धरानसँग २०७३ साल असार ३० गते सम्झौता गरेको हो ।

दुवैपट्टि फुटपाथसहित १० मिटर चौडाइ र ४० मिटर लम्बाइका पाँच वटा स्पानसहित दुई सय मिटर लम्बाइ रहेको र जगको किसिम ओपेन वेल फाउन्डेसन भएको पुलको वारि र पारि दुई किनारमा एक÷एक वटा पिलर निर्माण गरिएकोमा पारी पट्टिको पिलर बाङ्गिएको हो । 

२०७६ सालमा निर्माण सम्पन्न हुने गरी सम्झौता भएको पुलको काम नभएपछि सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई कालो सूचीमा राखेर आवश्यक कारबाही अगाडि बढाउने तयारी गरेपछि हाल २०८० साल फागुन २८ गतेदेखि डिजाइन परिवर्तन गरेर ‘पाइल’ फाउन्डेसनको जग बनाएर निर्माणको कार्य अगाडि बढाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर