नेभिगेसन मेनु

ताप्लेजुङमा घर भत्किँदा बालकसहित छ घाइते
सम्पादक:南亚网络电视
समय:2024-07-10 12:47

xcbvz

असार २६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा अचानक एउटा घर भत्किँदा छ जना घाइते हुनुभएको छ । सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनको हप्पुखोलामा मङ्गलवार खेतमा काम गरेर खाजा (नास्ता) खान बसेको घर अचानक भत्किँदा एक बालकसहित छ जना घाइते हुनुभएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार ढुङ्गा, माटो र फुस (खर) को छाना भएको दुई तले घर भत्किँदा घाइते हुनेमा स्थानीय ४३ वर्षीय खड्गबहादुर बानियाँ र उहाँकी श्रीमती ३८ वर्षीया जानुका बानियाँ रहनुभएको छ । यस्तै स्थानीय ३० वर्षीया सुविना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया विक र १० वर्षीय रोहित विक घाइते हुनुभएको प्रनाउ रावलले जानकारी दिनुभयो ।

रावलका अनुसार घाइतेमध्ये खेमराज अधिकारीको अवस्था गम्भीर रहेको छ । अधिकारीको दायाँ खुट्टा भाँचिएको उहाँलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न झापातर्फ लगिएको पनि उहाँले जानकारी दिनुभयो । बाँकी घाइते पाँच जनाको पाँचथरको फिदिमस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर