नेभिगेसन मेनु

चलचित्रको अध्यक्षमा बाजी मार्लान् त डिसीले ?
सम्पादक:南亚网络电视
समय:2024-07-04 13:04

dc_G6dNR20cxc

एकातिर चलचित्र विकास बोर्डमा नयाँ नेतृत्व नियुक्तिको समय नजिकिनु, अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न लाग्नु । यी दुवै कुराले कलाकार दिनेश डिसी दंग छन् । 

हालका बोर्ड अध्यक्ष भुवन केसीको दुई वर्षे कार्यकाल आगामी साउन ९ गतेबाट सकिंदैछ । अब बोर्ड अध्यक्ष को हुने ? यसको लागि विभिन्न कलाकारले आफूनिकट राजनीतिक दलका शीर्ष नेताहरुसँग लबिइङ गर्न थालिसकेका छन् । तर अरुले जति लबिइङ गरे पनि कलाकार डिसी नै बोर्ड अध्यक्ष बन्ने सम्भावना रहेकाे स्राेत बताउँछ । 

डिसी एमाले अध्यक्ष ओलीका प्रिय पात्र हुन् । सामाजिक सञ्जालमा अध्यक्षको प्रशंसा गरिरहने उनी बालकोट पनि धाइरहन्छन् । यस्तो अवस्थामा ओली प्रधानमन्त्री बने बोर्ड अध्यक्षमा डिसीले बाजी मार्ने धेरैको अनुमान छ । 

‘हुन त यो सरकारले नियुक्त गर्ने कुरा हो, तर ओलीजी प्रधानमन्त्री बन्नुभयो भने उहाँ (डिसी) नै पक्का हो,अरुले त यसै रहर मात्र गरेका हु्न्’,जानकार स्रोतले बतायो ।

त्यसो त,अहिलेका बोर्ड अध्यक्ष केसीले पनि दोहोरिने इच्छा व्यक्त गरिरहेका छन् । तर,यो कार्यकालमा अनेक विवादित निर्णय गरेका उनलाई दोहोरिन सहज नरहेको बताइन्छ । 

विदेशका अनावश्यक कार्यक्रमका लागि बजेट विनियोजन गरेको,चलचित्र क्षेत्रको नाम सिनेमाण्डु राखेकोजस्ता विवादास्पद निर्णयमा अध्यक्ष केसीप्रति सो क्षेत्रका अगुवाहरु रुष्ट छन् । त्यस्तै, बक्स अफिस कलेक्सन,चलचित्रको प्रदर्शन र सेन्सरसीप,हलमा शाे वितरणलगायत उनले गरेका दर्जनौं निर्णय पनि विवादित छ भनिन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर