नेभिगेसन मेनु

म्याग्दीको अन्नपूर्णकाे आगामी वर्षको बजेट ५३ करोड बढी
सम्पादक:南亚网络电视
समय:2024-06-24 14:07

annapurna-gaupalika

असार १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको लागि ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले ५३ करोड २४ लाख ४३ हजार बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । 

प्रस्तुत बजेटमा चालु तर्फ ३४ करोड ८५ लाख ५ हजार र पँुजिगत तर्फ १८ करोड ३९ लाख ३८ हजार रुपियाँ विनियोजन गरिएको छ । बजेटमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान  ७ करोड ४७ लाख, राजश्व बाँडफाँडको  ८ करोड ८५ लाख, शशर्त अनुदान  २१ करोड १६ लाख १७ हजार रुपियाँ समावेश गरिएको छ । 

यसैगरी, गण्डकी प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान ८७ लाख १२ हजार, विशेष अनुदान ४० लाख, समपूरक अनुदान ६० लाख, सवारी कर बाँडफाँडबाट प्राप्त हुने एक करोड १ लाख ६३ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।  

आन्तरिक राजश्वबाट प्राप्त हुने १ करोड ७२ लाख ५० हजार र अल्या तर्फको अनुमानित ७ करोड रकमलाई समेत समावेश गरेर आगामी बर्षको लागि बजेट प्रस्ताव गरिएको उपाध्यक्ष तिलिजाले जानकारी दिनुभयो । 

गाउँपालिकाले एक वडा एक गौरवको योजना छनौट गरेर पूर्वाधार निर्माण तर्फको योजनामा बजेट विनियोजन गरेको छ । अन्नपूर्ण ६ को धिरच्याङमा गाउँपालिकाको प्रमुख प्रशासकिय भवन निर्माण गर्न २ करोड ५० लाख र जग्गा खरिदका लागि ४५ लाख बजेट विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार विकासको क्षेत्रमा १३ करोड ५७ लाख १८ हजार बजेट विनियोजन गरेको गाउँपालिकाले यातायात पूर्वाधार निर्माणमा २ करोड ४१ लाख ५० हजार, अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न १ करोड, फोहोरमैला केन्द्र बनाउन ५० लाख, गाउँपालिकाले आइसिटी फर फ्राइडे कार्यक्रम सहित शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, पशुपालन, पर्यटन, लघुउद्यम, पूर्वाधार निर्माण योजनाको लागि प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष भारत कुमार पुनले ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार : दिगो कृषि, पर्यटन, उर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारा सहितको आगामी आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । 

गाउँपालिकाले ठूला पूर्वाधार निर्माण योजनामा वातावरणीय अध्ययनलाई अनिवार्य गर्ने नीति लिएको छ । क्लीन अन्नपूर्ण, क्लीन स्कुल अभियान चलाउने नीति लिएको यस गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार, आधुनिक सूचना प्रविधिको प्रयोग र व्यवहारिक शिक्षामा जोड दिने नीति लिएको छ ।

गाउँपभालिका अध्यक्ष पुनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा पालिकाभित्रका सबै स्वास्थ्य चौकीहरुमा आवश्यक सामाग्री र पूर्वाधारको व्यवस्थापन गरेर नमूना स्वास्थ्य चौकी बनाउने नीति लिइएको छ ।

गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि व्यापक छलफलका लागि सभालाई स्थगीत गरिएको र असार १२ गते आयोजित सभामा छलफल सहित पारित गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । 

सभामा विनियोजन विद्येयक, आर्थिक विद्येयक,न्यायिक समितिको प्रतिवेदन,विपद् व्यवस्थापन समितिको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर