नेभिगेसन मेनु

बढ्दै क्षयरोग सङक्रमित
सम्पादक:南亚网络电视
समय:2024-06-02 11:40

chhyarog

जेठ २० गते । नवलपुरमा बर्सेनि क्षयरोगबाट सङ्क्रमित हुने दरमा वृद्धि भएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिहंले नवलपुरमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएकोमा अहिले पाँच सयभन्दा बढी पुगिसकेको बताउनुभयो ।

नवलपुरको बुलिङटार गाउँपालिकामा गरिएको स्वास्थ्य परीक्षण शिविरमा एउटै वडामा २७ जना क्षयरोगका नयाँ बिरामी पहिचान भएका छन् । बुलिङटार गाउँपालिका–४ को बोझा पोखरी, अर्खला र सिञ्चान गरी तीन स्थानमा दुई दिनसम्म परीक्षण शिविर सञ्चालन गरिएको थियो । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले शिविरमा ४८५ जना महिला र ३७८ जना पुरुष गरी जम्मा ८६३ जनाको छातीको एक्सरे गरिएको बताउनुभयो । 

क्षयरोग पहिचान भएकामध्ये १६ जना महिला र ११ जना पुरुष छन् जसमध्ये एक जना १४ वर्षको बालक, एक जना १९ दिनको सुत्केरी महिलासमेत छन् । पहिचान भएका सबै क्षयरोगका बिरामीलाई नजिकको अर्खला स्वास्थ्य चौकीमा दर्ता भई औषधी खाने व्यवस्था मिलाइएको छ । एकै गाउँमा ठुलो सङ्ख्यामा क्षयरोग देखा परेपछि स्वास्थ्य कार्यालयले स्वास्थ्य चुनौती बढेको जनाएको छ ।  

शिविरमा आएका अन्य ४० जना सम्भावित क्षयरोगका बिरामीको ‘जिन एक्सपर्ट’ विधिबाट खकार परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो । बुलिङटार गाउँपालिकामा गत आवमा जम्मा ३१ जना क्षयरोगी पहिचान भएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर