नेभिगेसन मेनु

लापसे गर्ने छ चालक पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-06-05 11:45

lapaseee-

जेठ २३ गते । अवैध लागू पदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने छ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले संयुक्त रूपमा पुतली बजार नगरपालिका –४ नौ डाँडा लगायत सिद्धार्थ राजमार्गमा चेकिङको क्रममा पहरी पक्राउ गरेको हो । 

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले सडक दुर्घटना न्यूनीकरण एवं सार्वजनिक यातायातलाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले गरिएको चेकजाँचमा लापसे गरी सवारीसाधन चलाउनेलाई पक्राउ गरिएको बताउनुभयो । ड्रग टेस्ट किटले लापसे गरे-नगरेको चेकजाँचका क्रममा १८ जना सवारीसाधन चालकहरू मध्ये छ जना चालकहरूले लापसे गाँजा सेवन गरी सवारीसाधन चलाएको पाइएकोले नियन्त्रणमा लिइएको डिएसपी रानाले बताउनुभयो । 

पक्राउ पर्नेमा स्याङ्जा काली गण्डकी गाउँपालिका वडा नं. ६ का ३५ वर्षीय टिपर चालक गुमन बहादुर दर्लामी, पुतली बजार नगरपालिका वडा नं. ३ का ३८ वर्षीय बस चालक किरण बहादुर हमाल, २७ वर्षीय अटो चालक अमन अलि मिया, वडा नं. ७ का २९ वर्षीय अटो चालक दिलीप सिंह ठकुरी, वडा नं. १ का ४२ वर्षीय ट्याक्सी चालक राम श्रेष्ठ र वडा नं. ७ का ३८ वर्षीय जिप चालक मङ्गल बहादुर दर्जी रहेको डिएसपी रानाले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट लापसे गरी सवारीसाधन चलाउने चालकहरूलाई सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको डिएसपी रानाले बताउनुभयो । 

यस अधि पनि पटक पटक प्रहरीले लापसे गर्ने चालक तथा सहचालकलाई पक्राउ गर्दै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर