नेभिगेसन मेनु

मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द
सम्पादक:南亚网络电视
समय:2024-06-21 13:59

Untitled-3

पर्वत  असार ७ गते ।  उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । 

तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से पाँच किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा यो खण्ड कालोपत्र गरिसकेपछि  सात किलोमिटर बाँकी रहने छ । 

सडक कालोपत्र गर्न १३ दिन यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकमा भएको सहमतिअनुसार एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधनलाई भोलि असार ८ गते शनिबारदेखि  २० गतेसम्म अन्य सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने छ । मौसम अनुकूल भएमा १३ दिनमा कालोपत्रको पूरा हुने उहाँले बताउनुभयो ।  

उक्त  सडक स्तरोन्नतिका लागि २०७७ चैतमा संयुक्त लगानीको एपेक्स–खड्का–कृष्णले रु ५२ करोड ८६ लाखमा सडक विभागसँग सम्झौता गरेको थियो । 

करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले कालोपत्र गरिने आयोजनाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर