नेभिगेसन मेनु

वातावरणमैत्री ‘डोको डस्टबिन’ वितरण
सम्पादक:南亚网络电视
समय:2024-06-08 15:12

Mangala-Campus-(1)

म्याग्दी, जेठ २६ गते । म्याग्दी सदरमुकाम बेनीदेखि पश्चिममा पर्ने मङ्गला गाउँपालिका–२, लाम्पाटामा रहेको मङ्गला शिक्षा क्याम्पसले आफ्नो क्षेत्रमा फोहोर व्यवस्थापन गर्न वातावरणमैत्री डस्टबिन वितरण गरेको छ । क्याम्पसको अगुवाइमा फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ वितरण गरेको हो ।

गाउँपालिकाको केन्द्र बाबियाचौर तथा क्याम्पस रहेको स्थान लाम्पाटा क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले वातावरणमैत्री तवरले गाउँमै पाइने बाँस तथा निगालोबाट चोया निकालेर डोको बुनेर ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो । मङ्गला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष याम थापाले क्याम्पसको अग्रसरतामा स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट डोको बनाउने काम भएको र डस्टबिनका रूपमा प्रयोग गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले वातावरणमैत्री क्रियाकलापमा सघाउन बाबियाचौर, लाम्पाटा क्षेत्रमा ३८ वटा ‘डोको डस्टबिन’ निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “स्थानीयस्तरमा डोको बनाउन प्रोत्साहन, विद्यार्थीलाई समेत सिप हस्तान्तरण गर्ने योजना अनुरूप नै अहिले डोको डस्टबिन अभियानकै रूपमा अगाडि बढाइएको हो ।” अब बाबियाचौर तथा लाम्पाटा क्षेत्रका हरेक घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने र सडकमा नफाल्ने गरी समुदायस्तरमा सचेतनामूलक अभियानसमेत क्याम्पसले सञ्चालन गर्ने अध्यक्ष थापाले बताउनुभयो । 

मङ्गला शिक्षा क्याम्पसले राखेको डोको स्वतन्त्र विद्यार्थी युनियन, स्थानीय टोल समितिले समेत रेखदेख गर्ने तथा आवश्यकता अनुसार परिवर्तनसमेत गर्ने क्याम्पस प्रमुख पितमबहादुर खत्रीको भनाइ छ । क्याम्पसको अभियानलाई स्थानीय तहको बलियो साथ रहेको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो । 

बाबियाचौरमा जनघनत्व बढेसँगै फोहोर व्यवस्थापनमा चुनौती थपिइरहेको अवस्थामा क्याम्पसको अगुवाइमा स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीमार्फत फोहोर व्यवस्थापनमा भएको प्रयासलाई सघाउने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको भनाइ छ । उहाँले क्याम्पससँग सहकार्य गरी ‘डोको डस्टबिन’ पालिकाभित्रकै उद्यमीबाट उत्पादनमा समेत प्रोत्साहन गर्ने योजना रहेको सुनाउनुभयो ।

स्थानीयस्तरमा बाँस, निगालोबाट निर्माण गरिएका डोकोलाई डस्टबिनका रूपमा पहिलो पटक प्रयोगमा ल्याइएकाले आगामी दिनमा वडास्तरमा उद्यमीलाई नै डोको तयार गर्न लगाएर बिक्रीसमेत गर्न सकिने वडाध्यक्ष खातीको भनाइ छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर