नेभिगेसन मेनु

‘बिग बोस’बाट बिदा भए सलमान खान, को आउँदैछ नयाँ होस्ट ?
सम्पादक:南亚网络电视
समय:2024-05-14 13:00

salman_khan_big_bos_XNIpU8nmCs

एजेन्सी : भारतमा ओटिटीमा प्रसारण हुने रियालिटी शो ‘बिग बोस’को छुट्टै क्रेज छ। यो शोलाई हेर्न दर्शकहरू निकै चासो दिन्छन्। तर, अब यो सिजनलाई अभिनेता सलमान खानले होस्ट नगर्ने भएका छन्। 

‘बिग बोस–३’का लागि निर्माताले तीन अभिनेतालाई होस्टको प्रस्ताव गरेका छन्।

समाचारअनुसार सलमान एकपछि अर्को फिल्ममा व्यस्त छन्। त्यसकारण पनि उनलाई यो शोलाई समय छुट्याउन समस्या भइरहेको छ। त्यही कारण निर्माताले सलमानसँग सल्लाह गरेरै उनको स्थानमा नयाँ होस्ट ल्याउने निर्णयमा पुगेका छन्।

निर्माताले तेस्रो सिजनका लागि सलमानको स्थानमा अनिल कपूर, सञ्जय दत्त र करण जोहरमध्ये कोही एकलाई होस्टका रुपमा भित्र्याउने तयारी गरिरहेका छन्। यो विषयमा निर्माताले सञ्जयसँग कुराकानी गर्ने तयारी गरेका छन्। उता अनिल भने निर्माताको सम्पर्कमा आउन चाहेका छैनन्। यो शोको पहिलो सिजन करण जोहारले होस्ट गरेका थिए। त्यसकारण करणले पुनः होस्ट गर्ने सम्भावना बढेको दाबी सञ्चारमाध्यमको छ।

शोको पहिलो सिजन दिव्या अग्रवालले जितेकी थिइन्। दोस्रो शो एल्विस यादवले जितेका थिए। तेस्रो सिजनमा अर्याशी शर्मा, शहजादा धामी, प्रतीक्षा होनमुखे, रोहित खत्री, दलजीत कौर, अरहान बहल, शीजान खान, मेक्सटर्न, ठगेश, श्रीराम चन्द्रा लगायतले सहभागिता जनाउँदैछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर