नेभिगेसन मेनु

'बोक्सीको घर' रिलिज, छैटौँ हप्तामा 'महाजात्रा'
सम्पादक:南亚网络电视
समय:2024-04-28 16:44

boksiko_ghar_WZFZ9Oil38

चलचित्र 'बोक्सीको घर' आजदेखि प्रदर्शनमा आएको छ । अन्धविश्वास र महिला हिंसाको कथावस्तु बोकेको चलचित्रले हलहरुमा रामो 'शो' पाएको देखिन्छ । 

सोसल-साइको थ्रिलर जनरामा बनेको यो चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । भारतीसहित केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायतको मुख्य अभिनय छ । 

आजै बलिउड चलचित्र 'रुस्लान' पनि प्रदर्शनमा आएको छ  । आयुश शर्मा अभिनित उक्त फिल्मको टिजर र ट्रेलरले पनि दर्शकहरुको राम्रो प्रशंसा पाएको थियो । 

त्यस्तै, चलचित्र 'महाजात्रा' आजदेखि छैठौँ हप्तामा प्रवेश गरेको छ । चैत ९ गते रिलिज भएको यो चलचित्रले अझै पनि दर्शक तानिरहेको देखिन्छ । 

गत साता चलचित्रको निर्माण टिमले बक्स अफिसको कलेक्शन सार्वजनिक गरेको थियो । जसअनुसार य'महाजात्रा'ले नेपालभित्र १६ करोड र नेपालबाहिर १० करोडको कलेक्शन गरेको दाबी गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर