नेभिगेसन मेनु

आफूमाथि प्रतिबन्ध लगाउने कानूनविरुद्ध अदालत जाने टिकटकको चेतावनी, प्रयोगकर्तामाझ यस्तो आग्रह
सम्पादक:南亚网络电视
समय:2024-04-25 12:40

Tiktok-vs-USA_wgmUen6AcX

एजेन्सी : आफूमाथि अमेरिकामा प्रतिबन्ध लगाउने गरी बनाउन लागिएको ‘असंवैधानिक’ कानूनविरुद्ध टिकटकले अदालतमा चुनौती दिने चेतावनी दिएको छ।

राष्ट्रपति जो बाइडेनले टिकटक अमेरिकालाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न नौ महिनाको समय दिने विधेयकमा हस्ताक्षर गरेपछि कम्पनीले अदालत जाने चेतावनी दिएको हो।

टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डेटा सेयर गरेको आशंकाका बीच यो कानून ल्याइएको हो। तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ।

‘हामी न्यायव्यवस्थामाथि पूर्ण विश्वास छ र अदालतमा अधिकारको लागि लड्छौँ,’ टिकटकका मालिक सु जी चुले भनेका छन्, ‘तथ्य र संविधान हाम्रो पक्षमा छ, ढुक्क हुनुहोस् हामी कतै जाँदैनौं।’

टिकटकमा जारी गरिएको भिडियोमा उनले यस विधेयकको आलोचना गर्दै प्रयोगकर्तालाई टिकटकले कसरी जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना भोगाइ साट्न आग्रह गरे।

उनले भने, ‘कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध हो- टिकटकमाथि प्रतिबन्ध र तपाईंमाथि प्रतिबन् अनि तपाईंको आवाजमाथिको प्रतिबन्ध।’

एउटा छुट्टै बयानमा टिकटकले भन्यो, ‘सत्य यो हो कि हामीले अमेरिकाको डेटा सुरक्षित राख्न अर्बौं डलर लगानी गरेका छौँ र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर