नेभिगेसन मेनु

कृत्रिम हातखुट्टा पाएपछि आत्मनिर्भर
सम्पादक:南亚网络电视
समय:2024-05-14 12:19

kritimkhutta

जेठ १ गते । पूर्वी नवलपरासीमा सबल केन्द्र स्थापना भएपछि हातखुट्टा गुमाएकाले नयाँ जीवन पाएका छन् । अरूको सहाराबिना हिँडडुल गर्न समस्या हुनेहरू कृत्रिम हातखुट्टा पाएपछि भने आत्मनिर्भर भएका छन् । 

लमजुङका २९ वर्षीय विकास तामाङ जन्मँदा नै बायाँ खुट्टा थिएन । हिँडडुल गर्न समस्या हुँदा जीवनदेखि नै निराश उहाँले अहिले कृत्रिम खुट्टा पाएपछि आफू र आफ्नो परिवारको दैनिकी चलाउँदै आउनुभएको छ । पाँच वर्षअघि सहज अस्पताल गैँडाकोट र चौधरी फाउन्डेसनले राखेको कृत्रिम हातखुट्टा जडान शिविरमा कृत्रिम खुट्टा राखेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएपछि घरपरिवार, साथीभाइ र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । कृत्रिम खुट्टाको भरमै सहज रूपमा जिउन सफल भएको छु । सबलीकरणमा कृत्रिम खुट्टा राखेपछि यहीँ काम सिक्ने अवसर पाएँ । हाल आफू जस्तै अपाङ्गता भएका व्यक्तिको आधार बन्न पाउँदा खुसी लागेको छ । अहिले कृत्रिम खुट्टाको निर्माण गर्नमा नै व्यस्त छु ।” अरूको सहारामा हिँड्नुपर्ने विकास अहिले मध्यबिन्दु जिल्ला अस्पताल सिजी सबल केन्द्रमा कृत्रिम हातखुट्टा बनाउने र जडान गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । 

विकास जस्तै बर्दियाका जगतराम थारूले पनि ढलाइ गर्ने मिक्सर सिमेन्टमा परी एउटा खुट्टा गुमाउनुभयो । पछि मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा सबलीकरण केन्द्र छ भन्ने थाहा पाएपछि कृत्रिम खुट्टाका लागि आएको बताउनुभयो । यसले अहिले सहज भएको बताउनुहुन्छ । उहाँले आफूभित्रको इच्छाशक्ति नमार्न अपाङ्गता भएका व्यक्तिलाई सुझाव छ । अपाङ्गता भएकाले पनि सबल व्यक्तिले जस्तै कार्य गर्न सक्छन् भन्ने विश्वास हुने थारूले बताउनुभयो । सबल केन्द्रका फोकल पर्सन दीपकसिंह केसीले दुर्घटना भएर वा अन्य कुनै समस्याका कारण हातखुट्टा गुमाएका १८६ जनाले अहिलेसम्म सबल केन्द्रबाट कृत्रिम हात तथा खुट्टा जडान गरेको बताउनुभयो । महिला ३६ र पुरुष १५० जनाले कृत्रिम हात तथा खुट्टा जडान गरेका छन् । अहिलेसम्म १८ जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई सेवा दिएको केसीले बताउनुभयो ।

आर्थिक अभावका कारण सञ्चालनमा आउन नसकेको सबल केन्द्रलाई मध्यबिन्दु जिल्ला अस्पताल र चौधरी फाउन्डेसनको सहकार्यमा २०७८ साल फागुन १८ गतेबाट सञ्चालनमा ल्याइएको हो । विभिन्न कारणले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई पुनस्र्थापना गराउन कृत्रिम हातखुट्टा बलियो आधार बनेको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर