नेभिगेसन मेनु

प्रेरक प्रसंग : आफ्नै मृत्युको समाचार
सम्पादक:南亚网络电视
समय:2024-05-10 13:39

Prerak2024-05-10-06-07-36

मार्क ट्वेन विख्यात अमेरिकी लेखक तथा व्यंग्यकार हुन् । उनी साहित्यका अन्य विधामा जति चर्चित र सफल थिए, त्योभन्दा सफल र चर्चित थिए, हास्यव्यंग्य लेखनमा । उनी सामान्य घटना तथा परिस्थितिमा पनि गम्भीर हास्यव्यंग्य सिर्जना गर्ने खुबी राख्थे ।

परिस्थितिअनुरूप उनको हास्यव्यंग्य गम्भीर र अर्थपूर्ण पनि हुने गर्थे । एकपटक मार्क ट्वेन लामो अवधिसम्म गम्भीर बिरामी भए । उनी घरबाट बाहिर निस्कनसमेत सकेनन् । जसले गर्दा उनीबारे अनेकथरी हल्ला बाहिर आउन थाले । कतिपयले त उनको मृत्यु भइसकेको हल्लासमेत चलाउन थाले ।

यसै क्रममा एउटा समाचार पत्रले त उनको मृत्यु भएको समाचार नै प्रकाशित गर्‍यो । मार्क ट्वेनले पनि आफ्नो मृत्युबारे प्रकाशित समाचार पढे । समाचार पढ्दा उनी अचम्मित भए । तर, आफ्नै मृत्युको समाचार पढ्दा पनि उनी रिसाएनन् । कसैप्रति कुनै आक्रोश जनाएनन् । उनी ठूला हास्यव्यंग्यकार थिए । त्यसैले उनले आफ्नो मृत्युको समाचारबारे सटिक ढंगको टिप्पणी सार्वजनिक गरे । ‘मेरा शुभचिन्तक मित्रहरू, तपाईंहरूलाई निराश बनाउनुपर्दा आज मलाई धेरै दुःख लागेको छ । तर, जहाँसम्म मलाई सम्झना छ, म अझै जीवित छु । मरेको छैनँ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर