नेभिगेसन मेनु

कालीगण्डकी पुल मर्मत सुरु
सम्पादक:南亚网络电视
समय:2024-05-02 15:53

kali-gandaki-pool

म्याग्दी, वैशाख २० गते । म्याग्दी सदरमुकाम जोड्ने बेनी नगरपालिका ८ कालिपुलस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको मोटरेबल पुलको पिलर जीर्ण भएपछि मर्मत थालिएको छ । दैनिक रुपमा सयौं संख्यामा सवारीसाधन आवतजावत गर्ने पुलको पिलर जीर्ण हुँदा पुल नै भत्किने जोखिम बढेको थियो ।  

मालढुङ्गा–बेनी सडक हुँदै म्याग्दीको बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोडन कालीगण्डकी नदीमा पन्ध्र वर्षअघि पक्की मोटरेबल पुल निर्माण गरिएको थियो । पुल निर्माणको केही वर्षमा नै पुलको बिच भागमा रहेका दुई वटा पिलर नदीको बहावले कटान गरेर जीर्ण बनेको थियो । पिलर जीर्ण भएपछि अस्थायी रुपमा पिलरको संरक्षण गरिँदै आएको थियो । 

पिलर कटानका कारण पुल नै भत्किने जोखिम बढेपछि सडक विभाग अन्तर्गतको पुल सेक्टर पोखराले कंक्रिट ज्याकेटिङ गर्न सुरु गरेको हो । यो प्रविधि अन्तर्गत जीर्ण भएको पिलरको सबलीकरण गरिने छ । 

नदीमा उच्च पानीको बहावका कारण नदीको सतहमा रहेको पिल्लरको भाग कटानका कारण जीर्ण भएपछि मर्मत थालिएको पुल सेक्टर पोखराका इन्जिनियर आशिक रिजालले बताउनुभयो । उहाँका अनुसार पिलरमा प्रयोग भएका फलामका रडहरु खिया लागेर भाँचिएका छन् भने नदीको बहावले बीच भागमा रहेको पिलर खिइएर कमजोर बनेको छ । 

नदीमा पानीसँगै आउने ढुङ्गा,काठलगायत ग्रेगरले पिलरलाई हान्दा रडहरु बाङ्गिने,खिया लाग्ने र पिलरको भाग कटान गरेर जीर्ण भएको इन्जिनियर रिजालले बताउनुभयो । 

आजत निर्माण सेवा काठमाडौंले पुलको मर्मतको लागि काम थालेको पुल सेक्टर पोखराका इन्जिनियर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जीर्ण भएको पिलरको बाहिरबाट ८ दशमलव ३३ मिटरको गोलाई र पाँच मिटर उचाई भएको कंक्रिट ज्याकेटिङ गरिनेछ । दुई मिटरको पिलरमा ३० सेन्टीमिटर वरीपरी थप सिमेन्टेट कंक्रिट गरिने उहाँले बताउनुभयो । 

पुलको पिलर जिर्ण भएकाले जेठ महिनाभित्र मर्मतको काम सक्ने योजना बनाएको  निर्माण कम्पनीका प्रतिनिधि गोपाल मगरले बताउनुभयो । बर्षातको समय अगाडी नै कंक्रिट ज्याकेटिङको काम सक्ने गरी काम थालेको उहाँले बताउनुभयो । 

यसका साथै पुल सेक्टर पोखरा मार्फत बागलुङ,पोखरा र बुटबल क्षेत्रका ५८ वटा मोटरेबल पुलहरुको मर्मत थालेको इन्जिनियर रिजालले जानकारी दिनुभयो । काली गण्डकी कोरिडोर अन्तर्गतको कालिगण्डकी नदीमा निर्माण भएको पुलको पिलर नदी कटानका कारण जिर्ण हुँदै हुनथालेपछि नगरपालिकाले पुल सेक्टर पोखरालाई मर्मत गर्नका लागि अनुरोध गरे अनुसार काम अगाडी बढेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । नदीमा पानीको सतह बढ्ने हुँदा चाँडाे काम सक्ने निर्माण व्यवसायीलाई अनुरोध गरिएको उहाँको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर