नेभिगेसन मेनु

एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
सम्पादक:南亚网络电视
लेखक:रासस
समय:2024-04-26 11:14

trail-centre-sawari

वैशाख १४ गते । कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।

त्यस अवसरमा कालिकाका नगरप्रमुख विनोद रेग्मीले सवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरूलाई स्वदेश तथा विदेशमा जहाँ गएपनि व्यावसयिक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीप भएका मानिसलाई कामको दुःख छैन ।”

कालिका–४ पदमपुरस्थित सहिद स्मृति क्याम्पसचौरमा पालिकाका ७० जना महिलालाई बिहीबारदेखि पन्ध्रदिने निःशुल्क हलुका चारपाङ्ग्रे सवारीसाधन चालक तालिम आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि गौतमले जानकारी दिनुभयो ।  व्यावसायिक चालक बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर