नेभिगेसन मेनु

हेटौँडा–काठमाडौँ छोटो दुरीको मार्ग बन्द
सम्पादक:南亚网络电视
समय:2024-04-08 11:46

sadak-News

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक भोलि मङ्गलवारबाट बन्द हुने भएको छ । 

मकवानपुर हुँदै काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रेको क्रममा कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द गरिनेभएको हो । 

दक्षिणकाली नगरपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भोलि मङ्गलबार सुरु गर्न लागेको जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रेको क्रममा अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द गरिएको जनाउनुभएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि उक्त सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्नुहुन समेत आग्रह गर्नुभएको छ ।

उक्त सडक खण्डको हुमाने भन्ज्याङदेखि लामा गाउँ पिपलबोटसम्म यसअघि कालोपत्रे गर्ने कार्य सम्पन्न भएकोमा दोस्रो चरणको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर