नेभिगेसन मेनु

‘सांसद र कर्मचारीको सङ्ख्या घटाउनु पर्छ’
सम्पादक:南亚网络电视
समय:2024-04-08 11:47

samsad-bhandari

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले देशको उन्नति र विकासका लागि सांसद र कर्मचारीको सङ्ख्या आधा घटाउनुपर्ने बताउनुभएको छ । नेता भण्डारीले नेपाल प्रेस युनियन रुपन्देहीद्वारा आइतबार विशान बुटवलमा आयोजित पत्रकार भेटघाटमा देशको ढुकुटीको अधिकांश हिस्सा सांसद र कर्मचारीको तलब सुविधामै खर्च हुने हुँदा विकासको कामले गति लिन नसकेको बताउनुभयो । 

उहाँले समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रिय सभामा व्यवस्थापन गर्ने र राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्ने व्यवस्था हुनुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो । नेता भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा सीमित गरेपछि मात्र देशको ढुकुटी विकासको काममा खर्च हुने बताउनुभयो । 

उहाँले अहिलेको ढाँचा र सङ्गठनमा रहेको स्थानीय तह ठिक रहेकाले त्यसलाई घटाउन नहुने बताउनुभयो । नेता भण्डारीले समानुपातिक प्रणालीमा अब नेता मात्रै होइन विज्ञलाई पनि स्थान दिनुपर्नेमा जोड दिनुभयो । नेता भण्डारीले कांग्रेसको अबको महाधिवेशनबाट आफू पार्टी सभापति बन्ने दाबी गर्नुभयो । उहाँले सांसदलाई तलब खुवाउन सवारीसाधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको दाबी गर्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर