नेभिगेसन मेनु

नागरिकको दबाबपछि सुरु भयो कालोपत्रे
सम्पादक:南亚网络电视
समय:2024-04-04 13:01

Untitled-1

चैत २२ गते । लामो समय काम रोकिएर अलपत्र बनेको रामेछापको मन्थली–जखनीटार–पुरानागाउँ सडकमा कालोपत्रेको काम सुरु भएको छ । स्थानीय सरकारको पटक पटकको ताकिता र स्थानीयको दबाबपछि निर्माण व्यवसायीले मन्थली नगरपालिका–८ को जखनीटारदेखि मन्थली नगरपालिका–९, पुरानागाउँ जोड्ने सडक कालोपत्रेको काम सुरु गरेको हो ।  

कुल ७.३६ किलोमिटर सडक २०७८ पुस २८ सम्म कालोपत्रे सक्ने गरी कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँको लागतमा नाला तथा ग्याबिनसहित सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भएको थियो । सो ठेक्काको १५ करोड ३२ लाख ७६ हजार ६८७ रुपियाँ भुक्तानी भएपछि निर्माण व्यवसायीले काम नै नगरी अलपत्र छाडेका थिए । आफ्नो गाउँको विकास लामो समयदेखि अलपत्र बनेपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिए । स्थानीय जनप्रतिनिधिको निरन्तरको दबाबपछि निर्माण कम्पनीले गत माघ अन्तिमबाट काम सुरु गरेको होे । स्थानीय भुवनकुमार श्रेष्ठले नागरिकको निरन्तरको दबाबपछि ढिलै भए पनि सडक कालोपत्रे सुरु भएको भन्दै अहिले गुणस्तरीय कामका लागि नागरिकले विशेष निगरानी गरिरहेको बताउनुभयो । 

उहाँले अहिलेको अवस्थामा कामले निरन्तरता पाए अबको १५/२० दिनमा सडक कालोपत्रे सम्पन्न हुने बताउनुभयो । यो सडक निर्माणका क्रममा सडकनजिकका प्राचीन संरचनाहरू गोरेटो, मूलबाटो, देवीस्थान, कुवा तथा पँधेरा, पाटी, देउराली र आहाल भत्काइएको र त्यसको पुनर्निर्माण मर्मत कार्यमा निर्माण कम्पनीले खासै ध्यान नदिएको उहाँको गुनासो छ । 

अहिले अन्य काम सकेर चैत १७ गते शनिबारबाट कालोपत्रे गर्ने काम भइरहेको मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा कार्यालयको पटक पटकको ताकिता र नागरिक समुदायको दबाबमा लामो समयदेखि अलपत्र परेको जखनीटार–सल्लेपानी–चिसापानी वडा कार्यालय हुँदै पुरानागाउँ जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ ।”

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर