नेभिगेसन मेनु

बेलायती सेनाको उच्चस्तरीय टोली काठमाडौंमा
सम्पादक:南亚网络电视
समय:2024-04-14 12:50

Blue_and_Yellow_Modern_How_To_Make_Money_YouTube_Thumbnail_449QVhDiCg

वैशाख २ गते । नेपाल भ्रमणका लागि बेलायती सेनाको उच्चस्तरीय टोली हिजो काठमाडौं आइपुगेको छ ।

मेजर जनरल गेराल्ड स्ट्रिकल्याण्डको नेतृत्वमा दुई सदस्यीय टोली  शनिबार अपरान्ह पौने ५ बजे काठमाडौं आइपुगेको हो । बेलायती सेनाका अवकाशप्राप्त कर्नेल एल्टोन डेभिससहितको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६८४ मा दोहा हुँदै आएको बताइएको छ । 

बेलायती सेनाको उच्चस्तरीय टोलीको गुर्खा वेलफेयर ट्रस्ट अवलोकन गर्ने, बुधबार बिहान पोखरा गएर शुक्रबार काठमाडौं फर्कने कार्यक्रम छ ।  

टोली आगामी शनिबार बिहान १० बजे कतार एअरवेजको उडान नम्बर क्युआर ६४९ मा दोहा हुँदै स्वदेश फर्कने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर