नेभिगेसन मेनु

दक्षिण कोरियामा रोजगारीका लागि जाँदा ध्यान दिनुपर्ने पक्ष केके हुन्
सम्पादक:南亚网络电视
समय:2024-04-14 13:08

bcf1de80-f584-11ee-97f7-e98b193ef1b8

दक्षिण कोरियामा मृत्यु हुने श्रमिकको सङ्ख्या बढ्न थालेको पृष्ठभूमिमा काममा आउने व्यक्तिले विशेष ध्यान दिनुपर्ने अवस्था आएको त्यहाँस्थित नेपाली राजदूतले सुझाएकी छन्।

दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति प्याकुर्‍यालका अनुसार चालु आर्थिक वर्षमा कोरियामा करिब २५ जना नेपालीको ज्यान गएको तथ्याङ्क छ।

यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा दोबरले बढी हो। गत पुसमा मात्र सातजना नेपाली कामदारले कोरियामा ज्यान गुमाएका छन्।

रोजगारीका लागि कोरिया पठाउने सरकार र त्यहाँ जाने व्यक्ति दुवै पक्ष चनाखो हुनुपर्ने एकजना श्रमविज्ञले बताइन्।

मृत्युका घटना कस्ता?

राजदूत प्याकुर्‍यालका अनुसार नेपालीको श्रमिकको सङ्ख्या बढ्न थालेसँगै मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको छ।

अस्पतालका रिपोर्ट अनुसार अधिकांश मृत्युको कारण “अज्ञात” भन्ने देखिन्छ।

“काम सकेर खानपिन गरी बेलुका राम्रैसँग सुतेका हुन्छन्, बिहान मृत अवस्थामा भेटिन्छन्। त्यस्तो घटना चाहिँ धेरै देखिएको छ,” बीबीसी ज्यूज नेपालीसँग उनले भनिन्।

कोरियामा ‘स्लिप डेथ सिन्ड्रोम’ नेपालीमा मात्र नभई कोरियाली नागरिकमा देखिने गरेको उनी बताउँछिन्।

“पछिल्ला चारवटा मृत्युका घटनामध्ये दुइटामा त्यही कारण देखिएको छ,” प्याकुर्‍यालले थपिन्।

सडक दुर्घटना, औद्योगिक दुर्घटना र आत्महत्याका कारण पनि कतिपयको ज्यान जाने गरेको दूतावासका अधिकारीहरू बताउँछन्।

मदिरा सेवनको समस्या पनि नेपाली कामदारमा देखिएको तर मृत्युका घटनासँग त्यसको सम्बन्धलाई पुष्टि गर्ने गरी अध्ययन नभएको बताइएको छ।

स्वास्थ्य परीक्षणप्रति ‘उदासीन’ कामदार

स्वास्थ्य बीमाअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा भए पनि धेरै नेपाली कामदारले त्यो सुविधा नलिने गरेको दूतावासका अधिकारीहरू बताउँछन्।

“सबैलाई स्वास्थ्य बीमा हुन्छ। हेल्थ स्क्रिनिङ गराउने सुविधा छ। तर मलाई केही भएको छैन। सब ठीकै त छ भन्ने मानसिकताले नगइदिने प्रवृत्ति छ,” प्याकुर्‍यालले गुनासो गरिन्।

कामदारहरू बेलबेला गएर आफूलाई रक्तचाप, मधुमेह छ वा छैन। ती सबै परीक्षण गराएमा शुरूमै सचेत हुन सकिने कुरा आफूहरूले श्रम सचेतनाका क्रममा भन्दै आएको उनी बताउँछिन्।

दूतावासले तनाव, मानसिक अवसाद लगातयका विषयमा परामर्श दिनका लागि नेपालमा एकजना मनोपरामर्शदाता नै नियुक्त गरेको छ।

ती परामर्शदाताले ह्वाट्स एप, भाइबरमार्फत् कामदारहरूलाई परामर्श दिने गरेका छन्।

“त्यसबाहेक हामीले दूतावासको फेसबुक पेजमार्फत्‌ प्रत्येक आइतवार चिकित्सकलगायत विभिन्न क्षेत्रका विज्ञसँग कुरा गर्ने गरेका छौँ। कामदारका प्रश्नको जबाफ दिलाउने गरेका छौँ,” प्याकुर्‍यालले भनिन्।

कामदारलाई सुझाव के छन्?

नेपाली कामदारको बढ्दो आकर्षणबीच कोरियाले कोटा पनि बढाइरहँदा सचेतना उत्तिकै जरुरी रहेको अधिकारीहरू बताउँछन्।

राजदूत प्याकुर्‍यालका अनुसार कोरिया आउने कामदारले निम्न पक्षबारे बुझेर आउँदा सहज हुन्छः

अङ्ग्रेजी कम प्रयोग हुने भएकोले कोरियाली भाषाको राम्रो ज्ञान लिएर आउनुपर्छ कोरियामा छ/सात महिना चिसो हुने भएकोले हावापानीबारे बुझेर आउनुपर्छ कोरियाली श्रम तथा आप्रवासन कानुन, संस्कृति, यातायात प्रणालीबारे जानकारी लिएर आउनुपर्छ कोरियाको काम अलि गाह्रै हुने र एकदम मेहनत गर्नुपर्ने विषयमा जानकारी लिएर आउनुपर्छ कार्यस्थल शहरमा भन्दा ग्रामीण क्षेत्रमा हुन्छ र आइसोलेशनमा काम गर्नुपर्छ सप्ताहान्तमा मात्रै बिदा हुन्छ र अरू दिन कडा मेहनत गर्नुपर्छ भन्ने जानकारी लिएर आउनुपर्छ कार्यस्थलमा विभिन्न संस्कृतिका मान्छे हुने भएकाले सबैसँग मिल्न सक्नुपर्छ; सबै धर्म/समाजका मानिसलाई सम्मान गर्नुपर्छ भन्ने बुझेर आउनुपर्छ श्रमविज्ञ के भन्छन्? नेपाली कामदार

सरकार-सरकारबीच सम्झौता भएर कामदार जाने भएकोले राज्यको दायित्व बढी ने श्रमविज्ञ मीना पौडेल बताउँछिन्।

“जानुअघि नेपालमा स्वास्थ्य परीक्षण कस्तो गरियो र त्यहाँ पुगेपछि के कस्तो गरियो भन्ने कुरा एउटा भयो,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।

“अर्को कुरा त्यहाँ उपलब्ध रोजगारीका लागि स्वास्थ्यको दृष्टिकोणले, शारीरिक दृष्टिकोणले र सिपको दृष्टिकोणले फिट मान्छे गए कि गएनन् भन्ने हेर्नुपर्छ।”

कार्यक्षेत्रमा हुने मृत्युका घटनाबारे अध्ययन गरेर कूटनीतिक रूपमा सम्बोधन गर्नुपर्ने विषय भए दूतावासले आवश्यक पहलकदमी गर्नुपर्ने पौडेल औँल्याउँछिन्।

सरकारी निकाय पुग्नुभन्दा पहिला श्रमिकले ख्याल गर्नुपर्ने कुरा महत्त्वपूर्ण भएकोले उनीहरू सचेत हुनुपर्ने उनको सुझाव छ।

“मानसिक स्वास्थ्य, शारीरिक स्वास्थ्य र त्यसपछि कार्यक्षेत्रभित्र हुने जोखिमको न्यूनीकरण लगायतका पक्षबारे ख्याल गर्नुपर्छ। यसमा राज्यको पनि दायित्व छ। सबैभन्दा प्रमुख दायित्व त श्रमिककै हुन्छ,” श्रमविज्ञ पौडेलले भनिन्।

नेपाली कामदार बढ्दै

दक्षिण कोरिया नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य मुलुकमध्ये एउटा हो।

सन् २०२३ मा मात्र २० हजारभन्दा बढी नेपाली कोरिया गएका पृष्ठभूमिमा सोलले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा वृद्धि गरेको छ।

वैदेशिक रोजगार विभागका अनुसार यसअघि उत्पादनमूलक क्षेत्रमा १५,९०० नेपाली लैजाने बताएको दक्षिण कोरियाले यो वर्ष थप १३.२ प्रतिशत कामदार लैजाने भएको छ।

दूतावासका अनुसार हाल कोरियामा काम गर्ने नेपाली श्रमिकको सङ्ख्या ५५ हजारभन्दा बढी छ।

सन् २०२३ मा मात्रै करिब २० हजार नेपाली कोरिया गएका तथ्याङ्क छ।

त्यहाँ कामदार पठाउने विभिन्न १६ देशमध्ये नेपालबाट सबैभन्दा धेरै गएका नेपाली राजदूतावासले जनाएको छ।

ईपीएस प्रणालीमार्फत्‌ गए दक्ष भएपछि र भाषामा राम्रो भएपछि ई सेभेन भिसामा परिणत हुने भएर पनि नेपाली कामदारको सङ्ख्या बढेको प्‍याकुर्‍याल बताउँछिन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर