नेभिगेसन मेनु

नेपालगन्जमा सदभावका लागि साङ्गीतिक कार्यक्रम
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-21 13:10

music-for-hormony

फागुन २६ गते शनिबार नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ (सद्भावका लागि सङ्गीत) कार्यक्रम हुने भएको छ । यो कार्यक्रमले नेपालगन्जबाट संसारलाई सद्भावको सन्देश दिने आयोजकको विश्वास छ । 

अन्तरालको व्यवस्थापनमा नेपाल कल्चर फेस्टिबलको अवसर पारेर उक्त कार्यक्रम गर्न लागिएको हो । कार्यक्रमका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै ख्यातिप्राप्त ब्याण्ड ‘कुटुम्ब’ तथा गायिका झुमा लिम्बु र रैथाने ब्याण्डले पहिलो पटक सहकार्य गर्दैछन् । 

अन्तरालका कार्यक्रम संयोजक गणेश राईले कार्यक्रम बारे जानकारी गराउँदै ‘कुटुम्ब’ले नेपाली लोक बाजाको प्रवर्द्धन, अनुसन्धान र संरक्षणलाई प्रमुखता दिएर नेपाली लोकधुनलाई नेपाल मात्र नभई संसारका धेरै देशका साङ्गीतिक मञ्चमा प्रस्तुत गरिसकेको बताउनुभयो । 

नेपालगन्जस्थित रङ्गशालामा आयोजना हुने सो कार्यक्रमको टिकट बिक्री केही दिनमै सुरु हुनेछ । कार्यक्रममा विद्यार्थीलाई विशेष सहुलियत प्रदान गरिने अन्तरालका कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर