नेभिगेसन मेनु

चीनले सन् २०२४ मा एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने
सम्पादक:南亚网络电视
लेखक:रासस-सिन्ह्वा
समय:2024-02-29 12:56

china2021-08-30-11-06-58

चीनले यो वर्ष सन् २०२४ मा करिब एक सय अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ।  यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुने चिनियाँ सरकारले जनाएको छ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे सार्वजनिक जानकारी गराइएको हो । प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ।

चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।

चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृंखला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (निलो पुस्तिका) पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर