नेभिगेसन मेनु

सामाजिक सञ्जालले बालबालिकामाथि परेको असरप्रति जुकरबर्गले मागे माफी
सम्पादक:南亚网络电视
लेखक:सेतोपाटी
समय:2024-02-01 13:34

zuckerburg-1706757161

माघ १८ । मेटाका कार्यकारी प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जालले बालबालिकालाई असर गरेकोप्रति माफी मागेका छन्।

बुधबार अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले बालबालिकालाई पर्न गएको असरप्रति उनीहरूको परिवारसँग माफी मागेका हुन्।

सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै जजसले आफ्ना बच्चाहरूको तस्बिर राखेका थिए उनीहरूलाई सम्बोधन गर्दै जुकरबर्गले माफी मागे।

समाचार संस्था रोयटर्सका अनुसार बुधबार सुनुवाइ सुरू हुनेबित्तिकै एउटा भिडिओ देखाइएको थियो।जसमा बालबालिकाहरूले सामाजिक सञ्जाल प्लेटमार्फत आफूमाथि भर्चुअल दुर्व्यवहार भएको बताएका थिए।

त्यस्तै विभिन्न लोभ देखाएर सामाजिक सञ्जालमार्फत अन्तरङ्ग तस्बिर साझा गर्न लगाउने र पछि ब्ल्याकमेल गरी पैसा माग्ने र बालबालिकाहरू आत्महत्या गर्न बाध्य हुनेसम्मका विषय सिनेटरहरूले बताएका थिए।

‘तपाईंको उत्पादनले असर गरेका बालबालिकाका परिवारसँग माफी माग्न चाहनुहुन्छ?’ रिपब्लिकन सिनेटर जोश हलेले जुकरबर्गलाई सोधेका थिए।

त्यसपछि जुकरबर्गले उठेर त्यस्ता परिवारसँग माफी मागेका हुन्।

‘तपाईंहरूले भोग्नुपरेको पीडाका लागि म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता कुराहरूलाई नियन्त्रण गर्न लागिरहेका छौं। कसैले पनि यस्तो ब्योहोर्न नपरोस् भन्ने सुनिश्चित गर्न बढीभन्दा बढी लगानी गर्नेछौं,’ जुकरबर्गले भने।

सिनेटमा जुकरबर्गको सुनुवाइ स्थानीय टेलिभिजनमा लाइभ गरिएको थियो। त्यसक्रममा उनीविरूद्ध सिनेटर हले आक्रामक रूपमा प्रस्तुत भएका थिए।

‘तपाईंको उत्पादनले मानिसहरूलाई मारिरहेको छ,’ उनले भनेका थिए।

फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल प्लेटफर्म जुकरबर्गको स्वामित्वमा छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर