नेभिगेसन मेनु

गाजामा सङ्घर्ष विरामका लागि सहमतिको प्रयास, पेरिस र कतारमा वार्ता जारी
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2024-02-26 13:24

1696929356_gajaaa-1200x560

गाजामा सङ्घर्ष विरामका लागि सहमतिको सम्भावना बढेको छ। हाल फ्रान्सको पेरिसमा जारी वार्तामा इजरायल गाजामा सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमत भएको बीबीसीले जनाएको छ।

सङ्घर्ष विराम र बन्धकको रिहाईको विषयमा पेरिसमा वार्ता जारी रहेको छ। उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।

सामाजिक सञ्जाल एक्समा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक बनाइएका आफ्ना नागरिकको रिहाइका लागि एक टोली पेरिस पठाइएको र अर्को चरणको कुराकानी सुरु हुने बताए।

आइतवार मात्रै अमेरिकाको व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले बन्धक रिहाई र अस्थायी सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमति बनेको बताएका छन्।

आइतवार कतारमा पनि सङ्घर्ष विरामको विषयमा वार्ता सुरु भएको बताइएको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि पद छोड्न दबाब बडाइएको छ। आइतवार नेतन्याहूको राजीनामा माग गर्दै राजधानी तेल अभिवमा सर्वसाधारणले प्रदर्शन गरेका छन्।

हमासले इजरायलमाथि आक्रमण गर्नु अघिदेखि नै इजरायली नागरिक सडकमा छन्। उनीहरू सरकार विरोधी प्रदर्शन पछिल्लो एक वर्षदेखि गर्दै आइरहेका छन्। जसमा प्रधानमन्त्री नेतन्याहूको राजीनामा र उनको कट्टरपन्थी मन्त्रीपरिषदको विरोध हुँदै आएको छ।

प्रदर्शनकारीले प्रधानमन्त्री नेतन्याहू सरकारको चाँसो बन्धक छुटाउनुभन्दा हमासलाई पराजित गर्नमा बढी रहेको आरोप लगाएका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर