नेभिगेसन मेनु

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
सम्पादक:南亚网络电视
समय:2024-01-30 17:54

35ebc090-bf47-11ee-8685-316409d66f25

माघ १६ गते । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ।

त्यहाँको एउटा अदालतले खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष जेल सजाय तोकेको छ।

उक्त मुद्दा वासिङ्टन र इस्लामाबादबिचको कूटनीतिक दस्ताबेजसँग सम्बन्धित छ। ती दस्ताबेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । 

खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएको थियो । 

प्रधानमन्त्रीको रूपमा विपक्षीहरूले अपदस्थ गरेका खानले भ्रष्टाचारको आरोपमा दोषी ठहरिएपछि तीन वर्षको जेल सजाय भोगिरहेका रहनु भएको छ । खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिक प्रेरित भएको दाबी गर्नुभएको छ । 

गोप्य ऐन अन्तर्गतको सजाय आम चुनावको एक हप्ता अघि आएको छ जसमा उहाँलाई उम्मेदवार हुन निषेध गरिएको छ।

खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि विशेष अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

खानलाई अगस्टदेखि हिरासतमा राखिएको जेलभित्र स्थापना गरिएको विशेष अदालतमा विगत केही महिनादेखि यस मुद्दाको सुनुवाइ भइरहेको थियो । बिबिसी 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर