नेभिगेसन मेनु

जमेको नदीमाथि उत्रियो विमान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-20 12:44

Untitled-1

रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो ।

सो विमानमा ३० यात्रु र चार जना चालकदलका सदस्य थिए । यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन ।

रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका–स्रेडनेकोलिम्स्क रुटमा उडेको थियो । ‘एन्टोनोभ २४ फ्लाइट’ को सो विमानले याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलमा अवतरण गर्नुको साटो नदीमै अवतरण गर्‍यो । 

पोलार एयरलाइन्सका अनुसार उक्त घटनाबारे रुसको सङ्घीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार चालकदलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर