नेभिगेसन मेनु

चीनद्वारा हिमपात प्रक्षेपण गर्दै पहेँलो चेतावनी जारी
सम्पादक:南亚网络电视
लेखक:रासस/सिन्ह्वा
समय:2024-01-22 17:12

china

माघ ८ गते । चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेँलो रङको चेतावनी सङ्केत जारी गरेको छ ।

सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही भागमा हिमपातसहित आँधी आउने प्राधिकरणले जनाएको छ । यसैबिच राष्ट्रिय मौसम विज्ञान केन्द्रले २ सेन्टिमिटरदेखि ६ सेन्टिमिटरसम्म हिमपात हुने  बताएको छ । साथै गुइझोउ, युनान र गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने  पनि अनुमान गरिएको छ ।

हिउँ पर्ने मौसममा पैदल यात्रु र चालकलाई थप सावधानी अपनाउन र सडक, रेलमार्ग, विद्युत र दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

चीनसँग चार-स्तरीय, रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेँलो र निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर