एस् ए टि भी, माघ २६ गते। चिनियाँ नयाँ वर्ष २०२४ को अवसरमा आज ठमेलमा जोशपूर्ण किलिङ नृत्य, ड्र्यागन नृत्य र लायन नृत्य उत्साहजनक रूपमा प्रस्तुत गरिएको छ । ठमेल सडकमा भएको चिनियाँ नयाँ वर्षको परेडमा चिनियाँ र नेपालीमात्र नभइ अन्य विदेशी दर्शक भेला भएका थिए ।
नेपालस्थित चिनियाँ दूतावासले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख उपस्थिति रहेको थियो । नेपालीहरू माझ चिनियाँ संस्कृति र नयाँ वर्षको खुशी बाँड्ने उद्देश्यले ठमेलका गल्लीहरूमा प्रदर्शन गरिएको हो ।
एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिरहरू: