माघ ८ गते । नेपाल र चीनबीच सांस्कृतिक आदान-प्रदान एवम् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । बोर्ड परिसरमा भएको फोटो प्रदर्शनीमा सान्दोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।
एस् ए टि भी को क्यामरामा कैद अन्य तस्बिरहरू :