एस् ए टि भी, माघ १३ गते। शनिवार काठमाण्डौंस्थित होटल याक एण्ड यति मा "सिल्क रोड युवा फोरम-दक्षिण एसिया सहयोग सम्मेलन" कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रमलाई विश्व सिनोलोजी सेन्ट्रल बेइजिङ भाषा र संस्कृति विश्वविद्यालय तथा सिल्क रोड इन्टरनेशनल थिंक ट्याङ्क एक्सचेन्ज सेन्टरले आयोजना गरेको थियो भने साइनो नेपाल मिडिया सोसाइटीद्वारा सहआयोजना गरिएको थियो।
नेपालका उपप्रधान तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सिल्क रोड युथ फोरमका उपाध्यक्ष तथा महासचिव श्री याङ तोङपिङ, मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठ, नेपालस्थित चिनियाँ दूतावासका कमर्शियल काउन्सिलर श्री सि यु, नेपाल परराष्ट्र मन्त्रालयका प्रवक्ता मातृका पौड्याल, जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर इनर एशियन स्टडीजका सहायक प्राध्यापक श्री सेतन नामग्याल लगायत अन्य पाहुनाको विशिष्ट उपस्थिति रहेको थियो।
एस ए टि भीद्वारा क्यामरामा कैद गरिएका अन्य तस्बिरहरू:
एस् ए टि भी