नेभिगेसन मेनु

चन्द्रमामा पुग्यो जापान
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-21 12:30

japan-in-moon

माघ ७ गते । जापानको यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । ‘इक्वेटर’ पनि भनिने सो यान चन्द्रमाको मध्यरेखानजिकै नियन्त्रित रूपमा अवतरण गरेको हो ।

यो सफलतासँगै एसियाली मुलुक जापान चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगिसकेका छन् । जापानको यान चन्द्रमा पुगे पनि त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएकाले यो मिसनले लामो समय काम गर्न कठिन हुने देखिएको छ । यद्यपि इन्जिनियरहरू उक्त मिसनलाई जोगाउन लागिपरेका छन् ।

उनीहरूका अनुसार चन्द्रमामा प्रकाशको दिशा परिवर्तन हुँदा स्लिम पुनः सक्रिय हुन सक्ने सम्भावना रहन सक्छ । स्लिम अवतरण भएपछि त्यसबाट दुई साना रोभर निस्किएका थिए, जसले पृथ्वीतर्फ डेटा पठाउन थालेको जापानी अन्तरिक्ष निकायले जनाएको छ ।एजेन्सी

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर