नेभिगेसन मेनु

जापानको एयरपोर्टमा फेरि ठोक्किए विमान
सम्पादक:南亚网络电视
लेखक:अनलाइनखबर
समय:2024-01-17 12:29

Japan-plane-crash

३ माघ, काठमाडौं । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् ।

जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक अधिकारीका अनुसार उडान भर्ने बेला क्याथे प्यासेफिक एयरको विमानसँग ठोक्किएका थिए ।

कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए ।

दुई हप्ता अघि हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोक्किएर आगलागी हुँदा कोस्ट गार्डको विमानमा सवार चालक दलका ६ सदस्यहरुमध्ये ५ जनाको ज्यान गएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर