नेभिगेसन मेनु

बेइजिङमा सकियो नेपालका सांसदहरूको १० दिने कार्यशाला
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-12-29 17:51

samsad-china-visit2023-12-28-10-23-29

संघीय संसद्का सदस्यहरूका लागि आयोजना गरिएको १० दिने कार्यशाला बिहीबार बेइजिङमा समापन भएको छ ।

चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआइबिओ)को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसद्का १७ सदस्य र संघीय संसद् सचिवालयका तीन कर्मचारी सहभागी थिए ।

समापनका अवसरमा भएको कार्यक्रममा एआइबिओका उपप्रमुख छेन रुइचुनले नेपालका कानुन निर्माताहरूका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गरे । ‘हामीले सुरुवात मात्र गरेका छौँ,’ उनको भनाइ थियो, ‘अनुभव आदान–प्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।’ 

सयौँपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो भन्ने चिनियाँ भनाइ उद्धृत गर्दै उनले विकास निर्माणमा चीनले प्राप्त गरेको सफलता अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने बताए ।

नेपाली प्रतिनिधिमण्डलका सदस्य एवं माओवादी केन्द्रका मुख्यसचेतक हितराज पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा प्राप्त गरेको सफलताले चीन विश्वकै लागि अवलोकनस्थल भएको उल्लेख गरे । उनले विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिँदै नेपाल बिआरआईको हिस्सेदार हुन पाएकोमा खुसी व्यक्त गरे ।

समापन कार्यक्रममा कांग्रेस सांसद रामनाथ अधिकारी, एमाले सांसद दामोदर पौडेल बैरागी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राप्रपा सांसद अनिशा नेपाली, एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी, जसपा सांसद प्रकाश अधिकारी तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सम्बोधन गरेका थिए । 

उनीहरूले दुई मुलुकबीच मौलिक विशेषतायुक्त सम्बन्ध रहेको चर्चा गर्दै कूटनीतिक, व्यापारिक सम्बन्ध, विकास सहयोग तथा अनुभव आदान–प्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

२ पुसमा बेइजिङ आएको नेपाली संसदीय टोलीले चीनको च्याङ्सु र कुइयाङ प्रान्तको भ्रमण गरेको थियो । उनीहरूले दुवै प्रान्तका प्रान्तीय राष्ट्रिय जनकंग्रेसका उच्च अधिकारीसँग भेट गरेका सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । नेपाली संसदीय टोली शनिबार काठमाडौं फर्किँदै छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर