नेभिगेसन मेनु

धमाधम बन्दै छन् आधारभूत अस्पताल
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-12-11 13:54

Untitled-1

मङ्सिर २५ गते। सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहले १५ शøयाको आधारभूत अस्पताल बनाउन थालेका छन् । नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन १५ श-याको अस्पताल निर्माण भइरहेको स्थानीय तहले जनाएका छन् । सबैभन्दा पछि मरिण गाउँपालिकाले गत साउनदेखि अस्पताल बनाउन सुरु गरेको हो ।

मरिण गाउँपालिका–७, महेश्वतामा १५ शøयाको अस्पताल भवन निर्माण धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अस्पताल भवन आगामी आर्थिक वर्ष २०८१/८२ को मङ्सिरसम्ममा सक्ने गरी स्काई बिल्डर्स प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ । सङ्घीय सरकारको १६ करोड ७१ लाख ५८ हजार २५७ रुपियाँको लागतमा निर्माण सुरु भएको उक्त अस्पताल भवन तीन तलाको हुने छ । सात वटा वडा रहेको यस गाउँपालिकामा छ वटा सामुदायिक स्वास्थ्य एकाइ, दुई वटा स्वास्थ्य चौकी, एक/एक वटा प्राथमिक स्वास्थ्य केन्द्र र आयुर्वेदिक औषधालय गरी १० वटा स्वास्थ्य संस्था रहेका गाउँपालिकाले जनाएको छ । 

जग्गा विवादका कारण दुई वर्षदेखि १५ श-याको आधारभूत अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रव्रिmया अगाडि बढेको पालिकाले जनाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश झाका अनुसार सात वटा वडा रहेको गाउँपालिकामा ११ वटा स्वास्थ्य संस्था छन् । 

यस्तै गोलन्जोर गाउँपालिकामा पनि अस्पताल निर्माणका लागि नक्सा (डिजाइन) पूरा गरी टेन्डर प्रव्रिmयामा रहेको छ । गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले नेपाल सरकारको नभई दातृ निकायको सहयोगमा अस्पताल निर्माण हुन लागेको र अबको दुई महिनाभित्र टेन्डर गर्ने प्रव्रिmयामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पताल भवनको निर्माण लागत करिब १२ करोड रुपियाँ रहने छ । यो नेपाल सरकारको नभई बाहिरबाट दाता खोजी निर्माण गर्न लागिएको हो ।”

फिक्कल गाउँपालिका–३, चनौटेमा दुई वर्षदेखि १० श-याको अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । यसै गरी हरिहरपुरगढी गाउँपालिका–२, रतनपुरमा पनि १५ श-याको आधारभूत अस्पताल निर्माणाधीन छ । राम्रो उपचार गर्न बिरामीलाई अस्पताल खोज्दै अन्यत्र जानुपर्ने अवस्था रहेको र पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन अस्पताल बनाउन सुरु गरेको गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङले बताउनुभयो ।

दुधौली नगरपालिका–५ मा अस्पताल भवन निर्माणाधीन छ । उता घ्याङ्लेख गाउँपालिका–३, सोलाभन्ज्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माण कार्य चाँडै सुल्झाएर काम अगाडि बढाइने पालिकाले जनाएको छ । जिल्लाको तीनपाटन गाउँपालिकाले चकमके बजारमा पनि सङ्घीय सरकारको १७ करोड ९१ लाख रुपियाँको लागतमा दुई वर्षदेखि १५ श-याको आधारभूत अस्पताल निर्माण गरिरहेको छ । गाउँमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी भवन बनाउन सुरु गरिएको र अब एक वर्षभित्र सक्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका–६ मा सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था जिल्ला अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई हस्तान्तरणको प्रव्रिmयामा रहेको छ । चार वर्षअघिसम्म बिरामीलाई सेवा प्रवाह गरिरहेको जीर्ण पुरानो भवन भत्काई त्यही ठाउँमा अहिले चार वटा ब्लकमा अपाङ्गतामैत्री र लिफ्टसहितको सुविधासम्पन्न अढाईतले भवन निर्माण भएको अस्पताल विकास समितिले जनाएको छ ।

समितिका अनुसार उक्त भवन सङ्घीय सरकारको सहयोगमा मूल्य अभिवृद्धि करबाहेक २१ करोड ९८ लाख ३७ हजार ८१३ रुपियाँको लागतमा हनुमान कन्स्ट्रक्सनले निर्माण गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष सतीश ढकालले बागमती प्रदेश सरकारले उक्त अस्पतालको क्षमता विस्तार गरी एक सय शøया बनाउन लागेको जानकारी दिनुभयो । सिन्धुली जिल्ला हुँदै बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग निर्माण भई यातायात सञ्चालन भएकाले सिन्धुली अस्पताललाई कम्तीमा पनि एक सय शøयाको बनाउन लागिएको बताइएको छ ।

Untitled-1

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर