नेभिगेसन मेनु

भारतसँगका सीमास्तम्भ मर्मत गरिँदै
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-12-05 13:22

simmmaaaa

झापा — पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारत सीमा छुट्ट्याउने स्तम्भहरू मर्मत सम्भारको काम सुरु भएको छ । कोशी प्रदेशका ४ सय ८४ सीमा स्तम्भको मर्मत र रंगरोगन सोमबारदेखि थालनी भएको हो ।

अन्तर्राष्ट्रिय सीमा स्तम्भको निर्माण, मर्मतसंभार र पुन:स्थापनाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले आगामी दुई महिनाभित्र भारतसँग सीमाना जोडिने झापा, मोरङ र सुनसरीका सीमा स्तम्भ मर्मत र रंगरोगनको काम सम्पन्न गर्ने दाबी गरेको छ ।

देशको पूर्वी सीमा नाका मेचीनगर–७ स्थित नेपाल–भारत सीमाको ९१/१ पीपी ५५ नम्बरको सीमा स्तम्भलाई नेपाल र भारतका सुरक्षा अधिकारी र जनप्रतिनिधिहर"ले संयुक्त रुपमा रंगरोगन गरी काम सुरु गरेका हुन् ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, भद्रपुर नगरका प्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका डीआईजी अञ्जनीकुमार पोखरेल, नेपाल प्रहरीका डीआईजी राजेशनाथ बास्तोला, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कमान्डेन्ट नवीनकुमार रायलगायतले स्तम्भमा रंगरोगन गरेर संयुक्त रूपमा काम थालनी भएको जानकारी गराएका थिए

सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका डीआईजी अञ्जनीकुमार पोखरेलले झापाका ३ सय १७ वटा, मोरङका ३४ र सुनसरीका १ सय ३३ वटा सीमा स्तम्भलाई व्यवस्थित गरिने जनाए । जसमध्ये १ सय ९९ वटा स्तम्भको रंगरोगन, २ सय २१ को सामान्य मर्मत र ५ वटा सीमा स्तम्भको पूर्ण मर्मत गरिने जनाए ।

डीआईजी पोखरेलले प्रविधिको प्रयोग गरेर सीमा स्तम्भ राखिएकाले अब सीमास्तम्भको ठाउँ सर्ने सम्भावना नरहेको दाबी गरे । ‘डिजिटल प्रविधिको प्रयोग गरी सीमा स्तम्भ राखिएकाले सीमा पिलरहरू सर्नेलगायतका पुराना समस्या अब सधैंका लागि हल भइसक्यो,’ पोखरेलले भने ।

६ वर्षअघि सन् २०१८ मा सम्पन्न नेपाल–भारत सीमा कार्यदलको पाँचौँ बैठकमा सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भमध्ये जोर नम्बरको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले र बिजोर नम्बरको सीमा स्तम्भ नेपाली पक्षले मर्मत र व्यवस्थित गर्ने निर्णय भएको थियो । सोहीबमोजिम सीमा स्तम्भको मर्मतसम्हारको जिम्मेवारी २०७७ साउन १९ को मन्त्रिपरिषद्को निर्णयबाटै सशस्त्र प्रहरी बल नेपाललाई दिएको थियो ।

सशस्त्र प्रहरी नम्बर २ गणका एसपी देवराज अर्यालले झापाको पाटापुरदेखि गौरीगञ्जसम्मको करिब १ सय ४४ किलोमिटर क्षेत्र भारतसँग जोडिने बताउँदै जसमा रहेका ३ सय १७ वटा सीमा स्तम्भ नेपालको तर्फबाट मर्मत सम्भार गरिने जनाए । ‘बिजोर नम्बरका सीमास्तम्भ नेपालले र जोर नम्बरका सीमास्तम्भ भारतीय पक्षले मर्मत सम्भार तथा रंगरोगन गर्ने छ’, एसपी अर्यालले भने ।

अर्यालले सीमा स्तम्भदेखि दुवैतर्फ ३०/३० फिट गरी ६० फिटलाई ‘नो मेन्स ल्यान्ड’ कायम गरी कुनै पनि संरचना र खेतीपाती गर्न समेत रोक लगाइएको दाबी गरे । झापामा ५५ स्थानका नो मेन्स ल्यान्डमध्ये ३७ ठाउँ खाली भइसकेको अर्यालले जनाए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर