नेभिगेसन मेनु

चीनले विदेशी कम्पनीको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ : चीनका राष्ट्रपति सी
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-28 17:25

si

मङ्सिर १२ गते । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।

बेइजिङले कठोर कारबाही र बिरामी अर्थतन्त्रबाट प्रभावित विदेशी कम्पनीहरूलाई प्रलोभनमा पार्ने काम गरिरहेको बेला राष्ट्रपति सीको उक्त आदेश आएको हो ।

भू–राजनीति, जासुसी विरोधी कानुन, बहुराष्ट्रिय कम्पनीहरूमाथि छापा र घरेलु प्रतिस्पर्धीका लागि अनुकूल व्यवहारले मनोबलमा असर पारेको भन्दै चीनमा अमेरिकी र युरोपेली कम्पनीहरूले व्यापार गर्न पहिलाभन्दा धेरै नै कठिन भएको बताएका छन् ।

अब बेइजिङले विदेशी कम्पनीहरूलाई फिर्ता लाउने कोसिस गरिरहेको छ । यसै महिना एपीइसीका प्रमुख कार्यकारीहरूको शिखर सम्मेलनमा राष्ट्रपति सीले एक लिखित सम्बोधनमा कम्पनीहरूलाई लगानी गर्न निमन्त्रणा गर्दै ‘विदेशी कम्पनीहरूका लागि चीनमा लगानी र सञ्चालनलाई सहज बनाउनका लागि’ आनन्ददायी उपायको वाचा गर्नुभयो ।

साथै मुलुकको शीर्ष निर्णय लिने निकाय चीनको कम्युनिष्ट पार्टी पोलिटब्युरोको सोमबारको बैठकमा उहाँले चीनले विदेशी संस्थाहरूसँग ‘व्यापक, खुला र पारदर्शी’ कानुनी व्यवहार सुनिश्चित गर्नुपर्ने बताउनुभएको सरकारी प्रसारक सिसिटिभीले बताएको छ ।

“चीनको कानुनी प्रणालीले बौद्धिक सम्पत्ति अधिकारहरूको सुरक्षालाई बलियो बनाउनुपर्छ, साथै विदेशी उद्यमहरूको वैध अधिकार र हितको रक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बेइजिङले बजार उन्मुख, कानुनी र अन्तर्राष्ट्रिय प्रथम श्रेणीको व्यापारिक वातावरण सिर्जना गर्नुपर्छ ।”

चीनमा अस्पष्ट तथा स्वेच्छाचारी नियमका बारेमा विदेशी उद्यमहरूले लामो समयदेखि गुनासो गर्दै आएका छन् । उनीहरूले बौद्धिक सम्पत्तिको चोरी मुख्य गुनासो रहेको बताएका छन् । यसै वर्ष चीन भ्रमणका क्रममा अमेरिकी अधिकारीहरूले बौद्धिक सम्पत्तिको चोरीको मुद्दा उठाएका थिए ।

सुस्त वृद्धि र भूराजनीतिक तनावले लगानीको सम्भावनालाई प्रभावित गरेको भन्दै अमेरिकी र युरोपेली उद्यम लबीले सेप्टेम्बरमा चीनमा विदेशी व्यापारको विश्वास वर्षौैंमा सबैभन्दा न्यूनस्तरमा पुगेको चेतावनी दिएका थिए । यद्यपि अमेरिका–चीनको बढ्दो व्यस्तता र यसै महिना सी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटवार्तापछि यी विषयमा सुधार हुनसक्ने सङ्केत व्यापारिक लबीले पाइरहेका छन् । रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर