नेभिगेसन मेनु

डब्लूएचओ क्षेत्रीय निर्देशकको चुनाव आज
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-11-01 12:01

thumb (1)

नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदको चुनाव बुधबार (आज) हुँदै छ । उक्त पदमा नेपाल र बंगलादेशका उम्मेदवार प्रतिस्पर्धी छन् । नेपालले डब्लूएचओमै कार्यरत शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।

नयाँदिल्लीमा डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठकका क्रममा शम्भुप्रसाद आचार्य र साइमा वाजेद ।

उनीसँग बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले प्रतिस्पर्धा गर्नेछिन् । प्रधानमन्त्रीकै छोरी उम्मेदवार भएकाले उनका लागि बंगलादेश सरकारले कूटनीतिक लबिइङमा जोड दिएको छ ।

डब्लूएचओको दक्षिण–पूर्वी एसियाको क्षेत्रीय कमिटीको बैठक नयाँदिल्लीमा सोमबारदेखि सुरु भएको हो । यही बैठकले नयाँ क्षेत्रीय निर्देशकको पनि चयन गर्नेछ । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय दिल्लीमा छ । यसअन्तर्गत ११ देश सदस्य छन् ।

पालैपालो सबै देशका स्वास्थ्यमन्त्रीहरू क्रमशः क्षेत्रीय अध्यक्ष हुन्छन् । तर, क्षेत्रीय निर्देशकको पद भने सदस्य राष्ट्रबीचको मतदान वा सहमतिबाट चुनिँदै आएको छ । अहिले क्षेत्रीय निर्देशक पदमा भारतका डा. पुनम खेत्रपाल सिंह छिन् । उनले दोस्रो कार्यकाल पूरा गर्दै छिन् ।

डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भुटान, उत्तर कोरिया, भारत, बंगलादेश, इन्डोनेसिया, माल्दिभ्स, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे छन् । ११ सदस्य राष्ट्रहरूमध्ये यसपटक म्यान्मारले मत दिन पाउने छैन । त्यहाँ सैनिक शासन रहेको र संयुक्त राष्ट्रसंघले मान्यता नदिएकाले म्यान्मारले मतदान दिन नपाउने भएको हो ।

सदस्य देशका स्वास्थ्यमन्त्री मतदाता हुनेछन् । नेपालबाट स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा मन्त्रालयका उच्च अधिकारी क्षेत्रीय बैठकमा भाग लिन नयाँदिल्ली आइपुगेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर