काठमाडौं, १२ कार्तिक। प्रत्येक वर्ष दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौंको हाँडीगाउँमा मनाइने चोक्टेनारायणको जात्रा सुरु भएको छ। ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी आइतबार तीनवटा रथलाई हाँडीगाउँ परिक्रमा गराई यो जात्रा मनाइने गरिन्छ।
गजुर तलतिर फर्काएर राखिएको तीनतले मन्दिरमाथि सत्यनारायणको मूर्ति राखेर खटमा शहर घुमाउने यो जात्राको विशेषता हो। यो जात्रामा यसरी उल्टो गरी रखिएको मन्दिरलाई यात्राको क्रममा फनफनि घुमाउन गरिन्छ। साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने पनि गरिन्छ।
एस ए टि भी को क्यामरामा कैद जात्राका अन्य झलकहरू: