काठमाडौं, असोज २९ गते । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नाेट दिन सुरु गरेको छ । दसैँ सुरु भएसँगै राष्ट्र बैंकले सोमबारदेखि केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट दिन सुरु गरेको हो ।
नयाँ नोट लिनका लागि सर्वसाधारण लाइन लागेका छन् । यसपालि दसैँका लागि मात्रै १० अर्बभन्दा बढी रुपियाँको नयाँ नोट छापेको छ ।
राष्ट्र बैंकले एक जनालाई १८ हजार पाँच सय रुपियाँसम्म साट्न पाउने सुविधा दिएको छ । सर्वसाधारणले दसैँका लागि पाँच रुपियाँदेखि एक सय रुपियाँसम्मको नयाँ नोट पाउनेछन् ।