नेभिगेसन मेनु

१०४ वर्षमा स्काईडाइभिङ
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-10-11 14:32

1696985270_ori ginal-1200x560

मर्ने बेलामा हरियो काँक्रो भन्ने नेपाली उखान बुढेसकालमा केही गरूँ भन्नेहरूका लागि ठूलो अवरोध हो। तर जसले यस्ता अवरोधलाई प्रतिरोध गर्छन्, त्यसपछि बन्ने भनेको कीर्तिमान नै हो।

अमेरिकाको सिकागोका  १०४ वर्षीया डोरोथी हफनरले हवाई जहाजबाट हाम्फालेर कीर्तिमान बनाएकी छन्। स्काईडाइभिङ शीर्षकमा उनको यो कीर्तिमान बनेको हो। उनी अब संसारकै ज्येष्ठ स्काई डाइभरका रूपमा कीर्तिमानी कहलिने छिन्।

त्यसो त वृद्धावस्थामा केही गरेरै मरूँ भन्ने चाहना राख्नेहरू धेरै हुन्छन्। यसअघि १०३ वर्षीया लिनिया इन्गेगार्ड लार्सनले सन् २०२२ मा स्काईडाइभिङ गरेर कीर्तिमान बनाएकी थिइन्। उनको कीर्तिमानलाई डोरोथीले तोडेकी हुन्।

त्यसो त कीर्तिमानहरू प्रायः भंग हुनैका लागि बनाइन्छन्। तर १०४ वर्षको उमेरमा हिँड्नका लागि पनि सहारा चाहिने अवस्थामा रहेकी उनले आकाशबाट हाम्फालेर यो कीर्तिमान बनाउनुलाई धेरैले आश्चर्य मानेका छन्। उनले यसअघि पनि १०० वर्ष उमेर पुगेको अवसरमा स्काईडाइभिङ गरेकी थिइन्। सो डाइभिङले नै उनलाई अहिले पुनः हाम्फाल्ने उत्साह दिएको उनले बताएकी छन्।

‘कीर्तिमान बनाउन तल झर्नै पथ्र्यो र झरेँ तर खासमा मजा चाहिँ माथि नै थियो!’ डोरोथीले भनेकी छन्।

कीर्तिमान बनिसकेपछि उनी पुनः अर्को तयारीमा लागेकी छन्। आउँदो डिसेम्बरदेखि १०५ वर्षमा टेक्ने उनले त्यस उमेरलाई पनि उत्सवमा परिणत गर्न हट एयर बलुनमा उड्ने बताएकी छन्। ‘जीवनमा धेरै गरियो तर हट एयर बलुनमा म कहिल्यै चढेकी छैन,’ डोरोथीले गार्डियन पत्रिकासँग भनेकी छन्, ‘मर्ने बेलामा त्यही एउटा काम बाँकी रह्यो भन्ने किन पार्नु?’

यो उमेरमा पनि तपाईंले कसरी यत्रो आँट्नु भयो भन्ने पत्रकारहरूको प्रश्नमा उनले भनिन्, ‘उमेर खासमा एउटा नम्बर मात्र हो। तपाईंले आफूलाई जत्रो ठान्नुहुन्छ, तपाईं त्यही हो। कम उमेरको ठान्नुभयो भने कम र बढी उमेरको ठान्नु भयो भने बढी।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर