नेभिगेसन मेनु

हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड बनाइने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-10 12:48

Untitled-1-Recovered (3)

हेटौँडा, असोज २३ गते  । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा अस्पतालमा २५ श-या क्षमताको मनोचिकित्सा वार्ड सेवा सञ्चालनबारे जानकारी दिइएको हो । 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेको मानव सेवा आश्रममा ३० श-या क्षमताको मानसिक स्वास्थ्य पुनस्र्थापना केन्द्र सञ्चालनको तयारी गरिएको छ । मङ्गलबार औपचारिक उद्घाटन हुने भए पनि आगामी मङ्सिरदेखि पूर्ण रूपमा मनोपरामर्श सेवा दिइने प्रतिष्ठानका शिक्षाध्यक्ष एवं मनोचिकित्सक डा. सुरेन्द्र शेरचनले बताउनुभयो । 

हेटौँडा अस्पतालमा अन्य विषयका साथै मानसिक रोग विशेषज्ञ २ देखि ५ बजेसम्म विस्तारित ओपिडी सेवा, प्रतिष्ठानमा चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारी भइरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

“जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्छाैं, अहिले मकवानपुरका दुई वटा गाउँपालिका केन्द्रमा महिनाको एक दिन ओपिडी सेवा प्रदान गर्ने गरी काम भइरहेको छ,” डा. शेरचनले बताउनुभयो । सामुदायिक फार्मेसी सेवा र जिल्लाभर मासिक रूपमा मानसिक रोग विशेषज्ञसहितको टोलीले मानसिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

“असारदेखि हेटौँडा अस्पतालमा एक जना मनोचिकित्सकमार्फत ओपिडी सेवा दिइरहेका छौँ, अब तीन जना मनोचिकित्सक राख्ने तयारीमा हामी लागेका छौँ,” डा. शेरचनले भन्नुभयो । पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले आत्महत्या गर्ने पनि बढेको उहाँले बताउनुभयो । 

प्रजनन उमेरका महिलामा मृत्युको प्रमुख कारण आत्महत्या रहेको बताउँदै मनोचिकित्सक डा. शेरचनले प्रत्येक चार परिवारमध्ये कम्तीमा एक परिवारमा मानसिक स्वास्थ्य समस्या भएका सदस्य हुने गरेको तर्क गर्नुभएको छ । सिजोफ्रेनिया र वाइपोलार डिसअर्डर जस्ता कडा मानसिक रोग करिब छ प्रतिशत जनसङ्ख्यामा देखिन सक्ने र चिन्ता एवं भय, तनाव हुने मझौला रोगले 

जनसङ्ख्याको १५ देखि २५ प्रतिशत हुन सक्ने डा. शेरचनले प्रस्तुत गर्नुभएको मानसिक स्वास्थ्य एक विश्वव्यापी मानव अधिकार कार्यपत्रमा उल्लेख छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर